रंग प्रयोग भएका खाद्यन्य प्रतिबन्धीत/जोशीपुरमा डेट एक्सपायर ४० हजारको खाद्यन्य नष्ट

कार्तिक १६,
कैलालीको जोशीपुर बजारमा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको अनुगमन भएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका सुरेश प्रसाद जैसीको टोलीले जोशीपुर गाउँपालिका, सुरक्षार्मी र पत्रकारको उपस्थितिमा अनुगमन गरको थियो । अनुगमनमा कचरी पास्ता २ सय ५७ के.जि., डेट एक्सपायर पानीपुरी बनाउने पुलौरा ११ पाकेट, ३ पाकेट पापड र २ पाकेट अँचार मसला फेला पारेको थियो । जुन ४० हजार १ सय बराबर मुल्यको रहेको थियो । प्राप्त डेट एक्सपायर सामानलाई नष्ट गर्ने बताइएको छ।

बजारमा अवैध सामान विक्रि वितरण भईरहेको, आम जनतालाई खान योग्य नभएका खाद्यन्य र म्याद समाप्त भएको खाद्यन्न विक्रि वितरण भईरहेकोले अनुगमन गरिएको स्रोतले जनाएको छ। बजारमा विक्रि वितरण हुने रंग प्रयोग भएका खाद्यन्यलाई प्रतिवन्ध लगाउने, यस्ता खानेकुरा उपभोक्तालाई खान नहुने जनचेतना जगाउन, रंग प्रयोग गरिएको खाद्यन्य मित्र राष्ट्र भारतबाट ल्याइएको पाईमा कानुनी कारवाही गर्ने पनि अनुगमन टोलीले जनाएको छ।

एकातिर रंग प्रयोग भएका खाद्यन्य नेपाल सरकारले भन्सार लिई नेपाल भिट्त्र्याई रहेका देखियो भने अर्को तिर बजारमा यस्ता रंग प्रयोग भएका खाद्यन्न विक्रिवितरण गर्न नपाईने देखियो । विना परिक्षण यस्ता खाद्यन्य भित्रिनुले नेपाली जनताको प्रत्येक्ष रुपमा स्वास्थ्यसँग खेरवार भईरहेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *