
असोज ११,
कैलालीको जोशीपुरमा मुस्लीम समुदायले मोहम्मद जयन्ती भव्य रुपले मनाएको छ। रवि उल अवल नामले मनाईने यो मोहम्मद जयन्ती यहाँका मुस्लीम समुदायले जोशीपुर बजारको चोकमा शान्ती ¥याली गरि जयन्ती बनाएका हुन् । मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको जन्मोत्सव हर्षोल्लासका साथ जोशीपुरमा मनाइएको हो । मुलुकमा शान्तिको कामना गर्दै उनिहरु मोहम्मद जयन्ती मनाएको मोहम्मद सल्मानले बताए । मोहम्मदले समाजमा भएका कुरिती, अन्धविस्वासहरुलाई निरुत्साहित गरेका थिए भन्ने विश्वास गरिएको रहेको पनि उनले बताए ।
