जोशीपुरमा मनाईयो संविधान दिवस

अशोज ३,
कैलालीको जोशीपुर बजार चोकमा भव्यताका साथ दिप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ। अनेरास्ववियु जोशीपुर गाउँपालिका कमिटी, नेपाली कांग्रेस जोशीपुर गाउँकमिटी र नेकपा माओवादी केन्द्र जोशीपुरले अलग अगल जोशीपुर बजार चोकमा नेपालको नक्सा बनाई दिप प्रज्वलन गरि संविधान दिवस मनाएका हुन् ।

अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै जोशीपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर शाहले नेपालको संविधान सवै नेपली जनताको हितमा रहेकोले नेपाली जनताको हक अधिकार सुनिश्चित हुदै आएको बताए ।

त्यसै गरि नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य पूर्व माननिय बुद्धिसागर चौधरीले नेपालका जनताको हक र अधिकार जसरी संविधानमा समाहित भएका छन् ति अधिकारलाई संरक्षण गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, समावेशी लोकतन्त्रमा समाहित संविधान, सवै जातजाती, भाषाभाषी, धर्म लिङ्ग, पहुच र पहिचान दिने संविधान २०७२ को रहेको बताए । “नेपाली कांग्रेस सदैव नेपाली जनता नेपालको मालिक हुनु्पर्छ भन्ने आवाज उठाउँदै आएको छ । नेपाली जनता सार्वभौम सम्पन्न छन् । नेपाली जनता राजकीय शत्ताले सम्पन्न छन् । समोवेशी लोकतन्त्रको आधारमा नेपाली जनताले संविधान प्राप्त गरेका छन् । कहिकतै कसैले अधिकारबाट बन्चित छन् भने पनि आवाज उठाउन पाउने अधिकार संविधानमा छ । त्यस कारण सवै वुद्धिजिवी, देशप्रेमीहरुले संविधानको रक्षा गर्न अति आवश्यक छ ।” उनले भने ।

त्यसै गरि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रुपा सोसी थारु ले माओवादी केन्द्र जोशीपुरको कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । “माओवादी केन्द्रको मुख्य एजेन्डा पहिचान सहितको संघियता हो । नेपालको संविधानलाई ३ तरिकाले विश्लेषण गरिदै आएको छ । विश्वकै सवोत्कृष्ट संविधान २०७२ भनिएको छ, संविधान २०७२ ले केहिपनि अधिकार ल्याएन भन्ने पनि यसै संविधानको विश्लेषण छ भने यो संविधान धेरै खर्चिलो बोझिलो भयो भन्ने पनि यसै संविधानमा रहेका विश्लेषण हुदै आएको छ। त्यसैले यो संविधान विघटन गर्नु पर्ने विषय बहस भईरहेको छ। संविधान बहसको तीन धार छन् तर संविधानलाई संरक्षण गर्नु पर्छ किन भन्दा नेपालमा दलित र महिलाहरु निति निर्माण गर्ने ठाउँमा प्रतिनिधित्व गर्ने अवसर यसै २०७२ कै संविधानले दिएको छ । संघियताको बहस होइन संविधानको रक्षा तिर लाग्न आवश्यक छ। संविधान अनुसारको कानून बनाउने, संविधान अनुसारको विधयकमा बहस गर्ने, ऐन ल्याउने कुरा अवको पहिलो आवश्यकता हो । कैयौं वर्ष बलिदान, त्याग, तपस्याले नेपाली जनताले ल्याएको संविधान रहेन भने नत पहिचान नत संघियता रहन्छ ।” उन्ले भने ।
त्यसै गरि स्थानिय सरकार जोशीपुर गाउँपालिकाले गाउँपालिकाको प्राङगणमा दिप प्रज्वलन गरि संविधान दिवस मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *