सि.एस. फिल्म्सको विज्ञप्ती प्रति आर प्रोडक्सनको आपत्ती

श्रावन ३२,
सि.एस. फिल्म्स प्रा.लि. धनगढीले सामाजिक संजाल मार्फत जारी गरिएको विज्ञप्ती प्रति आर. प्रोडक्सन एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले आपत्ती जनाएको छ। आफ्नो “अन्धरीया रातमे” भन्ने गित सि.एस. फिल्म्स युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो तर यस गीतको सम्पूर्ण लगानी शब्द, संगीत, भोकल सवै गायक तथा मोडल राज कुश्मीको रहेको र भिडियो तर्फ छाँयांकन तथा सम्पादन सि.एस. फिल्म्सको रहेको थियो । अफिसियल च्यानलमा अपलोड गरि सब््सक्राईबर तथा युट्युव कन्टेन्टको लागिमात्र गित सि.एस.मा अपलोड गरिएको आर. प्रोडक्सनको विज्ञप्तीमा उल्लेख छ । युट्युवको रिभेन्यु लगानी अनुसार लिने गरि गित सि.एस.लाई सहयोग गरेको पत्रमा उल्लेख छ । अडियो गीतको सर्वअधिकार गायक तथा मोडेल राज कुश्मीले लैनचौर २६, काठमाडौं अवस्थित आर. प्रोडक्सन एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.सँग आजीवन स्वामित्वमा रहने गरी सम्झौता गरिएको बताईको छ । साथै कपि राईटको विषयमा कुनै कल, म्यासेज सि.एस.बाट नआएको पनि विज्ञप्तीमा उल्लेख छ।

गीत डिजिटलाईज गरेमा पहिले अपलोड भएको युट्युव च्यानलमा कपिराईट क्लेम जान्छ यसले युट्युवलाई कुनै किसिमको असर नपार्ने तर कपिराईट स्ट्राईक भएमा मात्र युट्युव च्यानलमा समस्या आउने मोडल तथा गायक राज कुश्मीको भनाई छ। आधिकारिक व्यक्तिले गीत बेचेको छ भने उसको गितमा नाम हुन्छ तर एक च्यानलबाट अर्को च्यानल अथवा डिजिटलाईजमा उसको अधिकार हुदैन । तर गीत वेचेको छैन सम्झौता अनुसार अपलोड मात्र भएको छ भने आधिकारिक व्यक्तिले दुवै पक्षको सहमतिमा डिजिटलाईज गर्न सक्ने छ भन्ने पनि उनले बताए । सि.एस.मा एउटा मात्र गित छ “अन्धरीया रातमे” भन्ने डिजिटलाईज गर्दा त्यसको कपिराईट क्लेम गएको थियो त्यो हटाई सकेको पनि उनले जानकारी दिए ।

त्यसै गरि सि.एस. फिल्म्सका प्रबन्धक सतिश कुमार सिंन्हाका अनुसार यो सवै युट्युव च्यानलको समस्या हो । युट्युव च्यानलले भारी लगानीमा आफ्नो च्यानल बनाएको हुन्छ । गित कलेक्न गरेर हालेको हुन्छ । एक्कासी त्यो गितहरुमा क्लेम आयो भने युट्युव च्यानललाई समस्या आउँछ । च्यानल धरापमा जानसक्छ । त्यस कारण पुराना यूट्युव च्यालनमा अपलोड भएका गितलाई डिजिटलाईज नगर्न उनले सवैलाई आग्रह गरेका छन् । गर्नै परे सम्बन्धित युट्युव च्यानलमा सम्पर्क गरेर मात्र गर्न समेत उनले आग्रह गरे । बरु अव आउने नयाँ गितहरुलाई नयाँ ढंगले आधिकारिक व्यक्तिले डिजिटल प्रणालीमा अपलोड गरे राम्रो हुने भनि उनको भनाई रहेको छ। पश्चिमका युट्युव च्यालनमा यहाँका कृति, कला, संस्कृति, परम्परा, चालचलन, संस्कारका दस्तावेज छ । त्यसलाई संरक्षण गर्नु हामी सवैको कर्तव्य हो र यस विषयमा सवै समाजसेवी, शिक्षाप्रेमी, संस्कृति प्रेमी, बुद्धिजिवीहरुको ध्यानाकर्षण हुन आवश्यक रहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *