जोशीपुरमा खोज तथा उद्धारको कृतिम अभ्यास

जीवन डगौरा,
सावन १८
कैलालीको जोशीपुरमा खोज तथा उद्धारको कृतिम अभ्यास भएको छ । जोशीपुर गाउँपालिकाको वाढी प्रभावित क्षेत्रमा विपद् जोखिमबाट जोगिन तथा विपद्मा परेकालाई उद्धारका लागि गरिने प्रयासलाई परिपक्क बनाउन यो अभ्यास प्रशिक्षण गरिएको हो । विपद् व्यवस्थापन शाखाद्वारा जोशीपुर गाउँपालिकाको बाढी प्रभावित समुदायमा समुदाय स्तरका खोज तथा उद्धार समितिको सदस्यहरूलाई १ दिने सिमुलेशन कृतिम अभ्यास भएको छ ।

गाउँपालिका स्तरका विपत् पश्चात् खटाइने खोज तथा उद्धार टोलीलाई वार्ड नं ४ स्थित पठरैया नदीमा उद्धार सामग्रीको पहिचान, त्यसको प्रयोग, घाइतेलाई उद्धार पछि कसरी प्राथमिक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने लगायतको विषयमा नेपाल आर्मीका सेनानि रवि केसीको टोलीले प्रयोगात्मक अभ्यास गराउँदै प्रशिक्षण दिएको छ । कतिपय अवस्थामा बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार सामग्रीको उपलब्धता नभएको खण्डमा हाम्रै वरपर रहेको चीज वस्तु जस्तै जर्किन, पानीको खाली बोतल, पिफम, ट्यूब आदिको प्रयोग गर्न सकिने पनि अभ्यास तालिममा सिकाईयो ।

अहिले खास गरी बर्खा समयमा तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको र यसबाट जोगिन समूदाय स्तरका खोज तथा उद्धार समुहद्वारा खतराको संकेत पाए तुरुन्तै सुरक्षित स्थानमा जानुपर्छ । उद्धार सामग्रीको पहिचान र त्यसको सही प्रयोगको आधारभूत ज्ञान नहुनु पनि एक किसिमको खतरा हो । अहिले बिभिन्न स्थानमा उद्धार गर्ने आफै समस्यामा परिरहेका उदाहरणहरु छन् । उद्धारटोली आफु सचेत भई खटिनु पर्छ । भन्ने सेनानी केसीको भनाई रहेको थियो ।

उक्त अभ्यास कार्यक्रमका विपद् व्यवस्थापन समितिका संयोजक तथा सभापति वडा नं ७ का वडाध्यक्ष बम बहादुर शाह, प्रमुख अतिथी जोशीपुर गा.पा. उपाध्यक्ष्य रेखा देबी कठरिया, विशिष्ट अतिथीमा वडा नं ५ वडाध्यक्ष अनार कुमार चौधरी, देवी दल गण धनगढी नेपाल आर्मीका से.ना.नि रबि केसी लगायतको उपस्थितीमा औपचारिक कार्यक्रमलाई जोशीपुर गा.पा.सरसफाई तथा खानेपानी शाखाका रमेश पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *