ईलाका प्रहरी कार्यालय जोशीपुरद्धारा बालबालिकालाई प्रशिक्षण

सावन १७,
ईलाका प्रहरी कार्यालय जोशीपुरले कैलाली दिप ज्योति इ.बो.स्कुलका विद्यार्थी बालबालिकाहरुलाई लागुऔषध नियन्त्रण, आत्महत्या न्युनिकरण, बाल विवाह रोकथाम र नारी हिसां विषयमा प्रशिक्षण दिएको छ। “हर प्रहर, गाउँ र नगरी टोलटोमा नेपाल प्रहरी” समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय जोशीपुरका ईन्चार्ज प्र.ना.नी दिनेश विष्टले बालबालिकाहरुलाई प्रशिक्षण दिनु भएको हो । विद्यालयका प्रिन्सीपल चेतराज जोशीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले बालबालिकाहरुलाई लागुऔषध नियन्त्रण, आत्महत्या न्युनिकरण, बाल विवाह रोकथाम र नारी हिसां सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा वहाँले बालहिंसा, लागुपदार्थ दुव्र्यसनी, बालविवाह गरेमा कानूनीले दिने सजाय वारे पनि बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *