
असार २६,
कैलालीको जोशीपुरमा पूर्ण खोप घोषणा भएको छ। जोशीपुर गाउँपालिकाको सभाहलमा पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रममा सम्पन्न भएको हो । गाउँपालिका खोप समन्वय समिति अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षता तथा गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया, वडा अध्यक्षहरु ल्गायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा पूर्ण खोप घोषणा गरिएको थियो ।

“स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप गाउँपालिकाको हाम्रो प्रतिवद्धता” मूल नारा रहेका कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नृप चौधरीले खोपसँगै पोषण र दिगोपनालाई पनि प्राथमिकतामा ल्याउने पर्ने बताउनु भयो । जोशीपुरमा १६ देखि ५९ महिना सम्मका जम्मा बालबालिकाको संख्या १ हजार ३ सय ३९ रहेका छन् र ति सवै वालबालिकाहरुलाई खोप लगाईको पनि वहाँले जानकारी दिनु भयो ।

त्यसै गरि कार्यक्रमका सभाध्यक्ष चित्र बहादुर चौधरीले बालबालिका हाम्रो भविष्यका कर्णधार हुन यिनिहरुमा लगाईने खोप र पोषणको सुनिश्चितता हुन आवश्यक रहेको बताउनु भयो ।
पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपाना घोषणा कार्यक्रममा जोशीपुर गाउँपालिकाका प्रत्येक वडाको स्वास्थ्य ईकाईले राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम अभियानलाई सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा बधाई दिंदै खोप समन्वय समितिले सवै वडा स्वास्थ्य ईलाईलाई प्रमाण पत्र प्रदान गरेका छ ।