कालोपत्रे सडक अनुगमन

असार २४,
कैलालीको जोशीपुर बजार देखि पश्चिम बन्जरिया जाने ४ सय ५० मिटर बाटोमा कालोपत्रे भएको छ । जोशीपुर गाउँपालिकाको आ.व. ०७९/०८० को विनियोजित बजेटबाट निर्माण सम्पन्न भएको हो । जे.एस. निर्माण सेवाद्धारा सडक कालोपत्रे गरिएको हो । सो कालोपत्रे सडकलाई जोशीपुर गाउँपालिका अनुगमन समिति संयोजक तथा गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया लगायत दक्ष प्राविधिक टोलीले कोरकटर मेसिनद्धारा चेकजाँच गरि मापदण्ड बमोजिम रहे नरहेको स्थलगत अनुगमन गरेको छ । मापदण्ड अनुसार कार्य भएको भनि गाउँपालिकाका सवईन्जीनियर भरत विष्टले जानकारी दिनु भयो । अनुगमन समिति संयोजक कठरियाले प्रत्येक विषयमा गुणस्तरीयताको चेकजाँच हुनपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *