
असार २१,
कैलालीको जोशीपुरमा अपाङ्गताहरुलाई ह्वील चियर, बैसाखी र वाकर वितरण भएको छ। बाल कल्याण संघ टीकापुरले जोशीपुर गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सो सामग्री वितरण गरेको हो । अपाङ्गताको आवश्यकताका आधारमा ६ थान ह्वील चियर, ११ थान बैसाखी र ७ थान वाकर विरतरण गरेको थियो ।
सृजनशिल अपाङ्गता समाजका अध्यक्ष कपलसिंह वडायकको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी र विशिष्ट अतिथ्यता गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाको रहेको थियो ।
कार्यक्रममा सृजनशिल अपाङ्गता समाजका संस्थापक अध्यक्ष जगत चौधरीले पालिकाको प्रशासनिक भवन बाल तथा अपाङ्ता मैत्री हुनपर्ने माग राखेका थिए ।
त्यसै गरि प्रमुख अतिथि गा.पा. अध्यक्षले अहिले सम्म बनेको भौतिक संरचता पुरानै रहेको बताउँदै अव आउने गा.पा. लगायत अन्य ठाउँमा बन्ने भौतिक संरचना बाल तथा अपाङ्गमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।