बालबालिकालाई लागुऔषध दुव्र्यसनी सम्बन्धी जनचेतना

असार २१,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय लक्कड मनिकापुरमा लागुऔषध दुव्र्यसनी सम्बन्धी जनचेतना मूलक कार्यक्रम शौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । वडा स्तरिय बाल अधिकार समितिको आयोजना तथा बालकल्याण संघ टीकापुरको आर्थिक सहयोगमा बालबालिकाहरुलाई जोशीपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रनानी दिनेश बहादुर विष्टले प्रशिक्षण दिनु भएको थियो ।

लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न, बालबिवाह न्यूनिकरण र घरेलु हिंसा न्यूनिकरण तथा कानुनी सजाय सम्बन्धि जानकारी गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रम स्कुलका निमित्त प्र.अ. धन बहादुर चौधरीको सभाध्यक्षता तथा वडा सदस्य राजेश कुमार चौधरीको प्रमुख आतिथि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *