
असार २०,
कैलालीको जोशिपुर गाउँपालिकामा ४५ दिने आधारभुत बारबर अपग्रेड तालिम सम्पन्न भएको छ ।
व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको आयोजना तथा जोशीपुर गाउँपालिकाको सहकार्यमा २०८० जेठ १ देखि असार १५ गते सम्म जोशिपुर पालिकामा ४५ दिने बारबर अपग्रेड तालिमको संचालन भएको थियोे ।

जोशिपुर गाउँपालिका भवनको सभाहलमा समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षता तथा सुदुरपस्चिम प्रदेश सरकार सामाजिक विकास मान्त्रलायका उप–सचिव गणेश बहादुर सिहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अबिनाश चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा ७ वटै वडाबाट जम्मा १८ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए। कार्यक्रममा प्रशिक्षर्थीहरुको प्रोत्साहन तथा व्यवसाय संचालनका लागि १८ प्रशिक्षार्थीहरुलाई १/१ थान कुर्सी, सलुनको १/१ थान समान समेत वितरण गरिएको थियो ।

जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले यो ४५ दिने बारबर अपग्रेड तालिममा अनुशासित रूपमा सहभागी भइ सफलता पुर्वक तालीम हासिल गर्नु भएकोमा सहभागीहरुलाई धेरै धेरै बधाइ सहित धन्यवाद दिए । ४५ दिनमा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागीहरुमा अनुरोध गर्नु भयो । “व्यबसाय खोल्नुस थोरै आफ्नो पनि लागानी गर्नुस् किनभने अफुले गरेको लागानीमा पसल खोल्द जोश जागर आउँछ अदि अरु कसैले पूर्ण रुपमा लगानी गरिदियो भने व्यवसायमा लापरवाही पनि हुन सक्छ” ।

सहभागि प्रशिक्षार्थी ज्ञान बहादुर चौधरीले बारबारको अपग्रेड तालिम पाएकोमा खुशी व्यक्त गर्दै व्यवसाय संचालनका लागि पालिकाले केहि लगानी गरिदिए राम्रो हुने हुनले बताए । यति सामानले व्यवसायका लागि अपुग रहेको पनि उनले बताए।
वहाँले भन्नु भयो । कार्यक्रमलाई जोशिपुर गाउँपालिका रोजगार शाखा संयोजक सुशिला डेउवाले सन्चालन गर्नु भएकोे थियो ।