सकारात्मक उत्प्रेरणा तथा सुशासन सम्बन्धी २ दिने तालिम

असार १६,
कैलालीको जोशीपुर गाउँपालिकामा स्थानिय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई सकारात्मक उत्प्रेरणा तथा सुशासन सम्बन्धी २ दिने तालिम दिइएको छ । शुक्रबार देखि सुरु भएको तालिम शनीवार सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्थान प्रदेश तथा स्थानिय शासन सहयोग (एीन्क्ए) पुन्ना डोटीको आयोजनामा कार्यक्रम भएको हो । दुई दिने तलिममा प्रमुख प्रशिक्षक मानसिंह विष्टले सकारात्मक उत्प्रेरणा तथा सुशासन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

पालिकालाई सुव्यवस्थीत रुपले सन्चालन गर्न सकारात्मक उत्प्रेरणा तथा सुशासन सम्बन्धी तालिमको आवश्यकता र महत्व रहेको गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । यस कार्यक्रमबाट जनप्रतिनिधि तथा कर्मचारीहरुमा सकारात्मक उत्प्रेरणा जागेको होला भन्ने आशा रहेको समेत वहाँ व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *