
जोशीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०⁄ ०८१ को १० औं गाउँ सभामा ४४ करोड ३५ लाख ८४ हजार ४ सय बरबारको बजेट गाउँपालिकाको उपाध्यक्ष रेखा देवी कठरियाले ल्याउनु भएको छ ।
उपाध्यक्ष कठरियाले आईतबार प्रस्तुत गरेको बजेटमा संघीय वित्तिय समानिकरण तर्फ रु ११ करोड ६३ लाख, प्रदेश वित्तिय समानिकरण तर्फ रु १ करोड ८१ ह्जार, संघीय राजस्व बाँफाँड तर्फ रु ९ करोड ६ लाख १४ लाख ९ सय, प्रदेश राजस्व बाँफाँड तर्फ रु २८ लाख ३० हजार, संघीय सर्शत अनुदान तर्फ रु १८ करोड २३ लाख, प्रदेश सर्शत अनुदान तर्फ रु २४ लाख ५० हजार, आन्तरिक आय तर्फ रु १ करोड ६५ लाख ८ हजार ५ सय, संघीय समपूरक अनुदान तर्फ रु ५० लाख र प्रदेश विशेष अनुदान तर्फ ४० लाख बजेट आउने अनुमान गर्नुभएको छ ।
जोशीपुर गाउँपालिकाले आर्थिक विकास तर्फ रु ९८ लाख विनियोजित गरेको छ। कृषि क्षेत्रको सुधारका लागि कृषिमा विविधिकरण, व्यवसायिकरण, आधुनिकिकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । वास्तविक कृषकको पहिचानका लागि किसान सुचिकरण कार्यक्रम अगाडी बढाएको छ। त्यसै गरि कृषि तर्फ एक वडा एक उत्पादन कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, प्रधानमन्त्रि कृषि आधुनिकिकरण मार्फत राष्ट्रिय तथा स्थानिय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने गरि विभिन्न वाली, वस्तुको साना व्यवसायिक उत्पादन केन्द्र विकास कार्यक्रमलाई व्यवस्थीत रुपमा संचालन गरिने लगायतको कार्यक्रम ल्याएको छ।

सामाजिक विकास तर्फ रु. २ करोड ४१ लाख विनियोजन गरेको छ । पोषण प्रवद्र्धन तथा सुत्केरी सेवालाई प्रभावकारी बनाउन पोषण कार्यक्रमलाई निरन्तरता दिएको छ। महिला स्वास्थ्य स्वयम् सेविका र आमा समूह मार्फत गाउँटोल सम्म स्वास्थ्य सेवा र परामर्श कार्यक्रमलाई जोड दिएको छ। जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संघसंस्थाहरुको स्तरउन्नतीका लागि संघिय र प्रदेश सरकार सँग आवश्यक पहल गर्ने लगायतको कार्यक्रम जोड दिइएको छ।

पूर्वाधार विकास तर्फ रु ७ करोड ४५ लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले ग्रामिण सडकको स्तरोन्नतीका लागि पक्की सडक पानी पिच, ग्रावेल, जस्ता निर्माण कार्यलाई निरन्तरता दिई आवश्यक बजेट विनीयोजन गरेको छ। भौतिक पूर्वाधार निर्माणका लागि अनुमान योग्य र प्रभावकारी योजनाका लागि पूर्वाधार विकास गुरु योजना, वस्ति विकास योजना, विस्तृत योजनाालाई जोड दिएको छ । घैला नाला र घुसरी काँढा नदिमा झुलुंगे फुल निर्माणाधिनको कार्यलाई अगाडी बढाउने छ । जोशीपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आवश्यक पहल गर्ने लगायतका कार्यक्रम ल्याएको छ।
बातावरण तथा विपद व्यवस्थापनका लागि रु. ४९ लाख विनियोजित गरेको छ। प्राकृतिक प्रकोपका कारण राहत, उद्धार तथा जोखीम न्यूनिकरण कार्यक्रम सञ्चालन गर्न प्रकोप व्यवस्थापन कोषको व्यवस्था, फोहर मैला व्यवस्थापनका लागि अनिवार्य शुल्क व्यवस्थापन, विपद तथा जलवायु अनुकुलन योजना मार्फत प्राकृतिक तथा मानविय जोखीमलाई न्यूनिकरण गर्ने लगायतका कार्यक्रमका लागि गाउँपालिकाका उपाध्यक्ष रेखा देवी कठरियाले सभमा बजेत प्रस्तुत गर्नु भयो । प्रस्तुत बजेट माथि छलफल गरि गाउँपालिकाका सभाषदहरुले सर्वसहमतिबाट पारित गरेका छन् ।
अगामी बैठकमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वधार सहयोग आयोजना कार्यान्वयन २०८० र शिक्षा सम्बन्धि व्यवस्था ऐन २०८० लाई छलफलका लागि असार २८ गते विहान ८ बजे सभा बस्ने गरि गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले सभालाई समापन गर्नु भएको थियो ।