
जेठ १५,
कैलालीको जोशीपुरमा बाल बालिका तथा किशोर किशोरी स्पान्तरणका लागि सशक्तिकरण परियोजना अन्तरगत आयमूलक व्यवसाय प्रवद्र्धन गर्न आर्थिक सहयोग तथा अभिभावकहरुलाई बाल कल्याण संघ टिकापुरले चेक हस्तान्तरण गरेको छ।

कार्यक्रममा ३० जना बालबालिकाको अभिभावकलाई र ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई किराना व्यावसायका लागि भनि चेक हस्तान्तरण गरिएको छ । ३० जनालाई जनहि १५÷१५ हजार र ७ जनालाई जनहि ३४÷३४ हजार नगद राशीको चेक हस्तान्तरण गरिएको थियो ।

बाल कल्याण संघले दिएको पैसाले सम्बन्धित शिर्षकमा मात्र खर्च गर्न पाईने परियोजना कोर्डिनेटर रामलाल चौधरीले बताउनु भयो । सानो व्यवसाय सुरु गरि आर्थिक सुधारमा टेवा पु¥याउन, बालबालिका तथा किशोर किशोरी रुपान्तरणमा थप सहयोग पु¥याउनका लागि यो रकम दिइएको पनि वहाँले बताउनु भयो ।