नगद राशी बढाए पछि विवादास्पद अध्यक्ष कप खेलकुदमा सहमति

जेठ १४,
कैलालीको जोशीपुरमा भएको अध्यक्ष कप खेलकुदको विवाद टुंगो लागेको छ । खेलको पुरस्कार नगद राशी वढाए पछि खेलाडी र आयोजक समिति विच सहमति भई विवाद टुंगो लागेको हो । पहिले प्रथम पुरस्कारको नगद राशी ६ हजार ५ सय सार्वजनिक गरिएको थियो । खेलाडीहरुले उक्त पुरस्कार प्रति असहमति जनाए पछि खेलकुद विवादित बनेको थियो । फुटवल र भलिवलको प्रथम पुरस्कार २० हजार र द्धितिय पुरस्कार १० हजार, क्रिकेटको प्रथमलाई २० हजार र द्धितियलाई १० हजार त्यसै गरि व्याडमिन्टनको प्रथमलाई १० हजार र द्धितियलाई ५ हजार दिने आयोजक समितिले घोषणा गरेपछि दुवै पक्ष विच आज सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *