जोशीपुरको अध्यक्ष कप खेलकुद विवादास्पद

जेठ १३,
कैलालीको जोशीपुरमा अध्यक्ष कप खेलकुदमा विवाद भएको छ । फुटवल, भलिवल (पुरुष), भलिवल (महिला), व्याडमिन्टन र क्रिकेट खेल प्रतियोगिता जेठ ५ गतेबाट सुरु भएको थियो । खेल शौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो तर पुरस्कार वितरण गर्ने क्रममा पुरस्कार न्यून रहेको भन्दै खेलाडीहरुले आफुनो माग राखेपछि विवाद सुरु भयो । जोशीपुर गाउँपालिका अध्यक्ष कप खेलकुदको प्रथम पुरस्कार नगद रु. ६ हजार ५ सय, मेडल, प्रमाण पत्र मात्र रहेकोले खेलाडीहरुको चित्त नबुझे पछि समापन कार्यक्रममा आयोजक कमिटी र खेलाडीहरु विच विवाद भएको थियो ।

अध्यक्ष कप खेलकुदका लागि जोशीपुर गाउँपालिकाले ४ लाख बजेट विनियोजित गरेको थियो तर पुरस्कार भने न्यून रहेकोले खेलाडीहरु आक्रोसित भई मेडल र प्रमाण पत्र खेल मैदानमै तोडफोड गरि खर्च विवरण माग गर्दै असमर्थ जनाएका छन् । खेलाडी राष्ट्रका गहना हुन यिनिहरुलाई संरक्षण गर्नु स्थानिय सरकारको दायित्व हो तर जोशीपुर गाउँपालिकाले यस क्षेत्रका खेलाडीहरुको अपमान गरेको पनि खेलाडीहरुको भनाई रहेको छ । यस विषयमा सरकारले यथासिघ्र ध्यानाकर्षण गर्नुपर्ने खेलाडीहरुको माग छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले खेलाडीहरुको माग जायज रहेको बताउँदै यथासिघ्र खेलकुद समितिलाई खर्च विवरण बुझाउन निर्देशन दिए पछि वादविवाद साम्य भएको थियो । जोशीपुर गाउँपालिकाले खेलाडीहरुको सम्मानका लागि ४ लाख बजेट विनियोजित गरेको छ । त्यो बजेट सहि शिर्षकमा खर्च हुनुपर्छ भन्ने पनि अध्यक्ष चौधरीको भनाई रहेको थियो ।

खेलकुद समितिका अध्यक्ष एवं. कार्यक्रमका सभापति जितराम चौधरीले खेलकुद समितिको आकस्मिक बैठक बस्ने र भोलि जेठ १४ गते आईतबार दुवै पक्ष विच बैठक बसि विवादको टुंगो लाग्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *