
जोशीपुरको सामुदायिक विद्यालयमा अध्ययनरत सिमान्तकृत परिवारका १ सय जना बालबालिकाहरुलाई बाल कल्याण संघ टीकापुरले पाठ्यसामग्री सहित स्कुल ब्याग वितरण गरेको छ । शैक्षिक सामग्रीमा ड्रोईङ कपि, कपि, पेन्सील, सारपरपेन, ईरेजर, कलर पेन्सील, क्रायोन्स्, टिपिन बक्स, पानी बोतल, स्कुल ब्याग, स्कुल ड्रेस, अल ईन वन बुक रहेको थियो ।

बालकालिका तथा किशोरकिशोरी रुपान्तरणका लागि सशक्तिकरण परियोजनाको सिमान्तकृत परिवारका (अपाङ्गता भएका बालबालिका सहित) बालबालिकाहरुको विद्यालय र शैक्षिक निरन्तरताका लागि सहयोग कार्यक्रम ल्याएको बाल कल्याणसंघका परियोजना कोर्डिनेटर रामलाल चौधरीले बताउनु भयो । जस्तो सुकै परिस्थितिमा पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्य लिएर बाल कल्याणसंघ टीकापुरले कार्य गरिरहेको समेत रहेको वहाँले बताउनु भयो ।

त्यसै गरि बाल कल्याण संघले जोशीपुर गाउँपालिकाको ४, ५ र ८ वडाहरुमा वडा स्तरिय बाल अधिकार समितिका पदाधिकारीहरुलाई बाल अधिकार, बाल संरक्षण तथा वडा स्तरिय बाल अधिकार समितिको काम, कर्तव्य वारे दुई दिने क्षमता विकास तालिम समेत सम्पन्न भएको बताउनु भयो ।