
कैलालीको जोशीपुरमा यूवा सञ्जाल जोशीपुरले विद्यार्थी भर्ना अभियान संचालन गरेको छ। “समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरिय शिक्षा, सवैको अभियान” भन्ने मूल नाराका साथ यूवा सञ्जालले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । बाल कल्याण संघ टीकापुरको आर्थिक सहयोगमा यूवा सञ्जालले अभियान संचालन गरेको हो । यस क्षेत्रका बालबालिकाहरु जो विद्यालय जानबाट बन्चित छन् । जसको विद्यालय जानमा कठिनाई भईरहेको छ । अति विपन्न तथा गरिव परिवारका बालबालिकाहरु जो बाल अधिकारबाट बञ्चित छन् । तिनिहरुको बाल अधिकार सुनिश्चित गर्न, पढ्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले यूवा सञ्जाल जोशीपुरका वरिष्ठ उपाध्यक्ष सविता चौधरीको संयोजकत्वमा यो अभियान संचालन गरिएको हो ।

अभियान अन्तरगत शनिवार सञ्जालले जोशीपुर गाउँपालिका वडा नं. ४ पटाउपुरमा अन्तरकृयात्मक कार्यक्रम गरेको छ । जहाँ ८० भन्दा धेरै सुकुम्बासीहरुको घर रहेको छ र यस ठाउँका अधिकांश बालबालिकाहरु विद्यालय जानबाट बञ्चित छन् । केही कक्षा २ बाट र केहि कक्षा ५ सम्म मात्र विद्यालय गई विद्यालय छोडेको संख्या पनि अधिकांश रहेको छ। यस विषयमा अझै सम्म सरकारको ध्यानाकर्षण नभएको देखिन्छ । उनिहरुको समस्या प्रति सरकारले अझै चाँसो नदिएको स्थानियबासीहरुको भनाई रहेको छ। आर्थिक समस्यामा रहेका सुकुम्बासीहरुको बालबालिकाले विद्यालय जान सकिरहेका छैनन् । सुकुम्बासीका बालबालिकाहरुको विद्यालय जान पाउने अधिकार सरकारले खोसेको छ भन्ने भनाई स्थानिय बुद्धिजिवीहरुको रहेको छ । सरकारले हाम्रो बालबालिकाहरुलाई कम्तीमा कक्षा १० सम्म निशुल्क पढाई दिएको भए हाम्रो बालबालिकाहरुको भविष्य सुध्रिन्थ्यो होला भन्ने पनि उनिहरुको भनाई रहेको थियो ।

त्यसै गरि ४ नं. वडा कै लालपुरबाँणी भन्ने गाउँमा पनि भर्ना अभियान अन्तरकृयात्मक रुपमा भएको छ । विद्यालय जाने बालबालिकाहरुलाई अभिभावकले कतिको चाँसो दिएका छन् । अभिभावकहरुले निजि विद्यालयमा पठाउँदा बच्चाको हेरविचार जुन रुपमा गर्छन् त्यसतो व्यवहार सामुदायिक विद्यालयमा पठाउँदा हुदैन त्यस कारण पनि बच्चाले विद्यालय जान ईच्छुक हुदैनन् भन्ने समाजसेवी बुद्धिजिवी अयोध्या चौधरीको भनाई रहेको थियो । बालबालिकाहरुलाई पढाई प्रति चाँसो बढाउन अभिभावकको पनि मुख्य भुमिका हुन्छ भन्ने पनि वहाँको भनाई रहेको थियो ।