
चैत्र १३,
कैलालीको जोशीपुरमा जोशीपुर गाउँपालिका क्षेत्र भित्र कार्यरत लघुवित्त वित्तिय संस्था र सहकारी संस्थाहरुसँग नेपाल कम्युनिष्ट पार्टी विप्लवले अन्तरकृया गरेको छ। अन्तरकृयामा लघुवित्त तथा सहकारीले ऋणीहरु(समूहका महिला) माथि गरेको दुव्र्यवहारको विषय रहेको थियो । विप्लव नेकपा निकट अखिल (क्रान्तीकारी) केन्द्रिय कार्यालय सचिव लोकेश जोशी, ने.क.पा. जोशीपुर गा.पा. कमिटि ईन्चार्ज राम बहादुर बोहरा, ने.क.पा जिल्ला कार्यालय कैलाली सचिव जीत बहादुर घर्तीमगर, जोशीपुर क्षेत्र भित्रका लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिय सम्पन्न भएको हो ।

लघुवित्तको ऋणले कैंयौंको घर खाली भएको, लघुवित्त तथा सहकारीले ऋणीहरुलाई अभद्र तथा अमानविय व्यवहार गरि व्याज तथा साँवा असुलिरहेको विभिन्न सामाजिक संजाल मार्फत सामाचारहरु आईरहेका छन् । लघुउद्यमी बनाउने सोंचले संचालन भएका लघुवित्त तथा सहकारीहरु संस्थालाई कसरी नाफा हुनेहो भन्ने विषयलाई मात्र चाँसो गरेको देखिन्छ । ऋणीहरुको व्यवसायलाई कसरी प्रभावकारी बनाउने, कसरी उनिहरुलाई व्यवसायमुखी बनाउने, कसरी बढि भन्दा बढि उत्पादन वढाउने भन्ने विषय तर्फ लघुवित्त तथा सहकारीहरुको ध्यानाकर्षण नभएको तमाम सामाजिक संजालमा गुनासोहरु सम्प्रेशन भईरहेको सवैलाई अवगत नै छ। जोशीपुरका केहि लघुवित्त र सहकारीले समूहमा बसेका तर ऋण नलिएका व्यक्तिहरुलाई समेत उनिहरुले निक्षेप जम्मा गरेको पैसा नदिने, अनावश्यक रुपमा ऋणीहरुलाई धम्की दिने जस्तो गुनासो आउन थाले पछि विप्लवले एक कार्यक्रमको आयोजना गरि दुवै पक्ष विच अन्तरकृया गरेको विप्लव नेकपा निकट अखिल (क्रान्तीकारी) केन्द्रिय कार्यालय सचिव लोकेश जोशीले बताउनु भयो। “समस्या बुझेर वास्तविक पिडितको समस्यालाई कसरी समाधान तर्फ लैजाने हो यस विषयमा सवै लघुवित्त तथा सहकारीहरुको ध्यान जान जरुरी छ। उनिहरुलाई आत्म हत्या गर्न बाध्य गराउनु हुदैन । राष्ट्र नै आर्थिक संकटको धरासयमा छ । “वहाँले भन्नु भयो ।

लघुवित्त वित्तिय संस्था र सहकारीका प्रमुख एवं. प्रतिनिधिहरुले ऋणिहरुलाई किस्ता उठाउन जाँदा कुनै किसिमको अमानविय व्यवहार नगरेको बताए । एकै व्यक्ति धेरै ठाउँबाट ऋण लिएकोले यस्तो किसिमको समस्या आएको हो । ऋणीहरु सँग व्याज तथा साँवा उठाउन जानै पर्छ । उठाइएन भने माथिल्लो निकायबाट कुरा सन्नु पर्छ भन्ने संस्था प्रमुख एवं प्रतिनिधिहरुको भनाई रहेको थियो ।
राष्ट्रनै आर्थिक संकटमा रहेको समयमा बैंक, लघुवित्त र सहकारीहरुले समेत यस विषयमा गम्भिर हुन जरुरी रहेको जीत बहादुर घर्तीमगरले बताए । लकडाउनले सवै पिडित रहेको बताउँदै संस्थाले केहि समयका लागि साँवा नउठाई कन व्याज मात्र उठाएको भए ऋणीहरुलाई केहि सहज हुने पनि उनले बताए । “ऋणीहरुको व्यवसाय राम्रो भयो भने मात्र उनिहरु सहज रुपमा ऋण तिर्न सक्छन् र लघुवित्त तथा सहकारीलाई ऋण लगानी गर्न पनि सहज हुने थियो ।” उनले भने ।
देश व्यापी रुपमा चलिरहेका दुई पक्षिय अन्तरक्रियाले केहि निकास ल्याउछ कि भन्ने विप्लव कार्यकर्ताहरुको भनाई रहेको छ। पहिलो चरणको अन्तरकृया पश्चात चर्को व्याजदर, अमानविय व्यवहार, जम्मा गरेको निक्षेप संस्थाले नदिए जनकारवाही गर्ने पनि विप्लव कार्यकर्ताहरुको भनाई रहेको थियो । अन्तरकृयामा साना किसान कृषि सहकारी संस्था लि. जोशीपुर, फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था जोशीपुर, किसान बहुउद्देश्यीय सहकारी संस्था लि. जोशीपुर, युनिक नेपाल, जालपा सामुदायिक लघुवित्त, लक्ष्मी लघु्वित्त, निर्धन उत्थान लघुवित्त, एनआईसी एसिया, एनएम वि. लघुवित्त, नाडेपा लघुवित्त, सवैको लघवित्त र जनउत्थान सामुदायिक लघुवित्तको उपस्थिति रहेको थियो ।