बाल अधिकार समिति गठन कार्यविधि निर्माणका लागि गा.पा.स्तरिय सुझाव संकलन

चैत्र ६,
कैलालीको जोशीपुरमा स्थानिय तहमा बाल अधिकार समिति गठन कार्यविधि निर्माणका लागि गाउँपालिका स्तरिय समिक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रम वाल कल्याण संघ टीकापुरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्र.अ.हरु, जोशीपुर गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यविधि माथि सल्लाह, सुझाव दिदै गा.पा. प्रमुख प्रशासकिय अधिकृत धर्मराज खत्रीले बालबालिका राष्ट्रका आधार रहेको र यिनिहरुको सर्वाङ्गीण विकासका लागि लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यसै गरि बालबालिकाहरुको बाल अधिकार सम्बन्धि कार्यविधिलाई पूर्णता दिन आवश्यक रहेको गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो । वहाँले चाँदै यो कार्यविधि कार्यपालिकाबाट पास गरि पूर्णता दिने बताउनु भयो ।

बालबालिकाहरुको बालमैत्रि कार्यक्रम तथा बाल विकासका कार्यक्रमहरु कार्य विधि विना संचालन हुन नसकेको बक्ताहरुको भनाई रहेको थियो । यस क्षेत्रका बालबालिकाहरुको अतिरिक्त कृयाकलाप नहुनाले बालबालिकाहरु मोबाईलमा तथा लागुपदार्थ दुव्र्यसनीमा लागिरहेको पनि बक्ताहरुको भर्नाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *