
कैलाली जोशीपुर गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री रघुनाथ आदर्श बहुमुखि क्याम्पसको स्व.वि.यु.को निर्वाचनमा सभापतिमा विनिता चौधरी निर्वाचित भएकिछिन् । उनि आखिल (क्रान्तिकारी)बाट सभापतिको उमेद्वारी दिएकिथिईन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघबाट रञ्जित परियार, संयुक्त विद्यार्थी संगठनबाट लोकेश जोशी रहेका थिए । उनले प्राप्त गरेको जम्मा मत ७५ रहेको छ भने प्रतिष्प्रधि रञ्जित परियार को मत ६४ रहेको छ । लोकेश जोशीको ५१ रहेको छ। रघुनाथ आदर्श बहुमुखि क्याम्पसको जम्मा मत २३५ रहेको थियो ।
त्यसै गरि सचिवमा नेविसंघबाट भागमती चौधरी, कोषाध्यक्षमा समिक्षा सिराडी र सदस्यमा रविना चौधरी, मंगली चौधरी, पुनम नेपाली, एलिना डंगौरा र रहिन रावत निर्वाचित भएका छन् ।
समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ६८ मत प्राप्त गरेको छ भने अखिल (क्रान्तिकारी)ले ६६ मत र संयुक्त विद्यार्थी संगठनले ५६ मत प्राप्त गरेको छ ।