कलाकार परशुरामको निधनले थारु कलाकारीता जगत स्तब्ध

निर्माता तथा कलाकार परशुाराम चौधरीको दुखद निधनले थारु कलाकार जगतलाई नै स्तव्ध बनाएको छ। थारु कलाकारिता जगतको खम्बाको रुपमा रहेका चौधरीको निधनले थारु फिल्म जगतनै स्तब्ध बनेको छ। स्तब्ध थारु फिल्म जगत विभिन्न सामाजिक संजालमा हार्दिक श्रद्धाञ्जली दिनेहरुको ओईरो लागेको छ। थारु कलाकारिता जगतको सुरुवात गरेका निर्माता तथा कलाकार चौधरी फिल्म जगतलाई ठुलो योगदान गरेको भन्दै दुखद श्रद्धाञ्जली व्यक्त गरेको कलाकार तथा कलाप्रेमीहरुको भनाई छ।
थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो । अस्पतालले चौधरीको ह्दयघातबाट मृत्यु भएको बताइएको छ ।
चर्चित बृत चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएको थियो । अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।
धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी सन २०११ मा युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *