
फागुन २,
थारु फिल्म ईन्डस्ट्रिजकि चर्चित मोडेल महिमा कुश्मी बैवाहिक बन्धनमा बाँधिएकि छिन् । थारु फिल्म ईन्डस्ट्रिजमा निकै चर्चा कमाएकि मोडेल कुश्मी धनगढी उपमहानगरपालिका १९ फुलबारी गाउँ निवासी दुखिराम हरदिउला कुश्मी र वालिका देवि हरदिउला कुश्मीकि छोरी हुन् । उनको विवाह बन्धन राजापुर नगरपालिका वडा नं. ३ टेडिया धन बहादुर पुर्वी कुश्मी र वेश्नी देवी तथा पुनम पुर्वी कुश्मीका सुपुत्र दिनेश पुर्वी कुश्मी सँग वाँधिएको छ। फागुन १ गते मेहंदी लगाउने र २ गते विदाई हुने रहेको छ। चर्चित मोडेल कुश्मीले थारु कथानक चलचित्र विरामा पनि अभिनय गरेकी छिन् ।

उनको विवाहमा थारु कलाकारहरुको घना उपस्थिति रहेको छ। मोडेल तथा नायक विर चौधरी, मोडेल तथा नायिका समु चौधरी, मोडेल रितु चौधरी, मोडेल सुमित्रा चौधरी, मोडेल सुनिता दहित, गायक साहिल चौधरी, आर.एन चौधरी, आईसा चौधरी, उमा महतो, उषा चौधरी, करिस्मा, मेगा स्टार संगत चौधरी, सि.एस.फिल्म्का प्रबन्ध निर्देशक सतिश कुमार सिंन्हा, निर्देशक चन्द्र चौधरी (चाँद) लगायत थुप्रै कलाकारहरुको उपस्थिति रहेको छ ।