जोशीपुरमा आयो सिकलसेल चेकजाँच मेसिन/केहि दिनमै सेवा सुचारु हुने

कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिकलसेल एनिमिया रोग चेकजाँच गर्ने मेसिन आएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश आपुर्ती केन्द्र महाशाखा प्रमुख निरज अरियाल र सेति प्रादेशिक अस्पतालका डा. प्रदिम मिश्रले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई मेसिन हस्तान्तरण गर्नु भएको छ । जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवि कठरिया, वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्वास्थ्य कर्मीहरुको उपस्थितिमा मेसिन हस्तान्तरण भएको हो ।

स्थानिय स्तरमा सिकलसेल रोगको चेकजाँच निशुल्क रुपमा हुनु जोशीपुरको लागि खुशीको कुरा हरेको डा. प्रदिप मिश्रले बताउनु भयो । “थारु जातिको बहुल्यता रहेको यस गा.पा. र यो सिकलसेल पनि विशेष गरि थारु समुदायका मानिसमा लाग्ने रोग भएकोले यस ठाउँको लागि यो मेसिनको आवश्यकता थियो । अव विशेष गरि सिकलसेल उपचार तथा परामर्श केन्द्र भनेर अग्गै कार्यसेवा विस्तार गर्न सके वढि प्रभावकारी रहने छ । यो रोग बंशाणुगत सर्ने भएकोले यो रोगको विषयमा स्वास्थ्यकर्मीहरुले सके सम्म विद्यालयमा गएर सन्देश मूलक कार्यक्रम चलाउन आवश्यक छ ।” वहाँले भन्नु भयो । आफ्नो जन्मस्थल क्षेत्र भएकोले यस ठाउँको विकासमा टेवा पु¥याउने आफ्नो कर्तव्य रहेको पनि वहाँले बताउनु भयो । जोशीपुर गाउँपालिकाको इनकम स्रोत थोरै रहेको र यस्ता स्वास्थ्य जस्तो गम्भीर विषयका लागि कुनै मेसिन चाहियो भने पालिकाको वजेतले भ्याउन नसक्ने । त्यसकालागि जिल्ला, प्रदेश तथा संघ धाउनु पर्ने बाध्यता रहेको सवैलाई अवगत नै छ । यस क्षेत्रका जनताहरुले पनि सानो स्वास्थ्य चेकजाँचका लागि हजारौं तिरेर धनगढी, कोहलपुर, नेपालगंज जानु पर्ने बाध्यता समेत रहेको सवैमा अवगत नै छ। त्यसकारण मेसिल आएको छ । चाँदै सेवा प्रबाव गरि जनतालाई स्वास्थ्यसेवा दिई यो सिकलसेल एनेमिया रोग जरै देखि निर्मूल पार्नुपर्छ र जातपात, भेदभाव, पार्टी नहेरीकन शुद्ध विचारले सामाजिक विकासमा हातेमालो गर्न समेत वहाँले सुझाव दिनु भएको छ ।
त्यसै गरि डा.निरज अरियालले यो मेसिन चलाउने जनशक्तिको आवश्यकता र ल्यावको तापक्रम मेन्टेनमा चुनौति समेत रहेको बताउनु भयो । वहाँले प्रदेश सरकारबाट स्वास्थ्य सामग्री, औषधि आवश्यक परेमा सहयोग गर्ने बताउनु भयो । आवश्यकताका आधारमा औषधि माग गर्नुस् हामी उपलब्ध गराउँछौं तर स्टकको लागि नमगाउनुस् । वहाँले भन्नु भयो ।

त्यसै गरि गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले जोशीपुरका स्वास्थ्य क्षेत्रमा थप सेवा विस्तारमा प्रदेश आपुर्ती केन्द्रले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै प्राथमिक स्वास्थ्य केन्द्रले यथासिघ्र मेसिन सुचारु गर्न कुन कुन चिजको आवश्यकता पर्छ गा.पा.बाट पहल गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *