
जोशीपुर/पुष १,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका ७ वटै वडाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । “श्रमको सम्मान राष्ट्रको अभियान” मुल नारा हरेको प्रधानमन्त्रि रोजगार कार्यक्रम “कामका लागि परिश्रमिकमा आधारित सामुदायिक आयोजना” समुद्घाटन भएको छ । ७ वटै वडामा जम्मा १ सय १२ जनाले रोजगार कार्यक्रममा सहभागि रहेका छन् ।

जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले यो कार्यक्रमका सहभागीहरुलाई जोशीपुरको विकासका लागि आफ्नै काम सम्झी मेहनत गर्न तथा प्रभावकारी रुपमा कामहरु तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नु भयो । त्यस्तै जोशीपुर गा.पा. प्रमुख प्रशासकिय अधिकृत धर्म राज खत्री नियमित उपस्थित भई स्टीमेट अनुसारको काम गर्न अनुरोध गर्नु भयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नं. १ मा ब्रिजलालको घर देखि बागराकुलो थौरा सम्म सिंचाई कुलो मर्मत, २ नं. मा वर्गदही पार्क सरसफाई तथा स्तर उन्नती, ३ नं. मा श्री कृष्ण कठरिया र सुलिन्द« कठरियाको घरको पूर्व हुदै कुमार सिंह कठरियाको घर सम्म कुलो सरसफाई, ४ नं. मा दक्षिण कलभर्ट देखि खेरुवा कुला सम्म बाटो स्तरोन्नती, ५ नं. मा पदम बोहराको घर देखि लक्ष्मण जोशीको घर सम्म बाटो निर्माण, ६ नं. मा वडा कार्यालय उत्तर जाने बाटो पटानी र ग्रावेल रोलर र लोखरी मिठुनिया ताल देखि पश्चिम करैचा खेत सम्म बाटो मर्मत माटो पटानी र वडा नं. ७ मा नन्दराज जोशीको घर देखि भुरुवा सिमाना सम्म नाली सरसफाई गर्ने पहिलो दिनको कार्ययोजना रहेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले स्टीमेट अनुसार गराउने जोशीपुर गाउँपालिका रोजगार संयोजक सुशिला देउवाले बताउनु भयो ।