विभिन्न सेवा सुविधा सहित खुल्यो जोशीपुरमा मिटमार्ट वर्ल्ड प्रा.लि.

मंसिर २९,
कैलालीको जोशीपुरमा विभिन्न सेवा सुविधा सहित खुल्या जोशीपुरमा मिटमार्ट वर्ल्ड प्रा.लि. को समुद्घाटन भएको छ । जोशीपुर बजारमा पहिलो पटक अत्याधुनिक प्रविधि सहितको मिटमार्ट संचालनमा आएको छ। स्वच्छ, सफा र ताजा मासु पाईने, फ्रोजन गरेको मासु उपलब्ध, ग्रहाकको माग अनुसार मासुको जुनसुकै भागको मासुको व्यवस्था, रैथानिय पुशपंक्षीहरुको मासु उपलब्ध गराईने, खसी ब्रोईलर, हाँस, बटाई, गिरीराज, लोकल कुखुरा, लौकाट, बंगुर आदिको मासु एउटै पसलमा पाईने, लोकल कुखुराको अण्डा, हाँसको अण्डा, बटाई चराको अण्डा उपलब्ध, होम डेलीभरीको सुविधा भएको, स्वच्छ बातावरण, समय समयको स्कीम व्यवस्था, पशुपंक्षी खरिद विक्र गरीने सवै सुविधायुक्त मिटमार्ट वर्ल्ड प्रा.लि. जोशीपुरमा संचालन भएको छ।

मिटमार्टलाई जोशीपुर बजार व्यवस्थापन समिति अध्यक्ष एवं. प्रमुख अतिथि विश्वनाथ प्रसाद चौधरीले समुद्घाटन गर्नु भयो । यस्तो सेवासुविधा युक्त मिटमार्ट जोशीपुर बजारमा संचालन हुन बजारबासीको खुशीको कुरा रहेको वहाँले बताउनु भयो । मिटमार्ट वर्ल्ड प्रा.लि.का अध्यक्ष रामप्रकाश चौधरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *