प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन अन्तरकृया

कैलालीको जोशीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रनिधिनिहरुसँग अन्तरकृया भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा आउने समस्या र चुनौतीलाई न्यूनिकरण गरि श्रमिकहरुका लागि सहज बातावरण बताउने र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनौट गरि कार्यक्रमको प्रभावकारीता बढाउन रोजगार शाखाले अन्तरकृया गरेको हो ।

नेपाल सरकारबाट १ सय २३ जना र युवा रोजगारको रुपान्तरण पहल आयोजनाबाट ४० जना गरि जम्मा १ सय ६३ जनालाई १ सय दिनका लागि प्रधानमन्त्रि रोजगार कार्यक्रममा सहभागि गराउने रोजगार संयोजक सुशिला देउवाले बताउनु भयो ।

प्रभावकारी योजना छनौट र गाउँपालिका सँगको सहकार्यका लागि पनि जनप्रतिनिधिहरुसँग अन्तरकृया गरेको वहाँले बताउनु भयो । सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामिण खानेपानी, स्वास्थ्य तथा सरसफाई, शिक्षा, बन तथा जलाधार, पर्यटन लगायतको क्षेत्रमा प्रधानमन्त्रि रोजगार कार्यक्रम गर्ने भएकोले यसै क्षेत्रमा स्थानिय सरकारसँग समन्वय र सहकार्य गरि कार्य गर्न सके कम खर्चमा धेरै कार्य गर्न सकिने पनि वहाँले बताउनु भयो ।

त्यसै गरि योजना छनौट गर्दा डाईरेक्ट ईम्पेक्ट पर्ने खालको योजना छनौट गर्न जरुरी रहेको प्रशिक्षक एवं रोजगार प्राविधिक सहायक दिवाकर चौधरीले बताउनु भयो । गाउँपालिकाको योजनालाई प्रधानमन्त्रि रोजगारकार्यक्रमसँग जोड्न सके कम खर्चमा योजना सम्पन्न गरि गा.पा.को बजेटलाई रुपान्तरण गर्न सकिने पनि चौधरीले बताउनु भयो ।
जोशीपुर गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरकृयामा गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *