जोशीपुर जेसीज सप्ताह सम्पन्न

कार्तिक २७,
जोशीपुरमा जोशीपुर जेसीज सप्ताह सम्पन्न भएको छ । कार्तिक २३ गते बुधबार बृहत सरसफाई कार्यक्रम गरि सप्ताह सुरु भएको थियो ।

जोशीपुर गाउँपालिका वडा नं. ४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियामा लागु पदार्थ दुव्र्यसनी सचेतना र आत्महत्या न्यूनिकरण कार्यक्रम गरिएको थियो ।

त्यस्तै जोशीपुर गा.पा. ३ लक्कडमा अवस्थित छोटेलाल स्मृति आधारभुत विद्यालयमा बाल दुव्र्यवहार न्यूनिकरण र सडक दुर्घटना सचेतना कार्यक्रम गरिएको थियो ।

जोशीपुर जेसीज वर्ष २०२२ को आयोजनामा भएको सप्ताह कार्यक्रमलाई जोशीपुर गाउँपालिका, कैलाली दिप ज्योती ई.बो.स्कुल जोशीपुर, मोहन्याल मा.वि. वडहरिया जोशीपुर, राष्ट्रिय मा.वि. डहरवेरिया, छोटेलाल स्मृति आधारभुत विद्यालय लक्कड, बजार व्यवस्थापन समिति जोशीपुर, ईलाका प्रहरी कार्यालय जोशीपुर, बाल कल्याण संघ टीकापुरले विशेष सहयोग गरेको थियो ।

जेसीज अध्यक्ष सुधराम दहितको सभाध्यक्षता तथा छोटेलाल स्मृति प्रा.वि.का प्र.अ. कुमार सिंह कठरियाको प्रमुख आतिथ्यतामा सप्ताह सम्पन्न भएको हो । जेसीज सचिव भुमि सागर सुनारको संयोजकत्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि बाल कल्याण संघका राम चौधरी रहनु भएको थियो भने कार्यक्रमलाई सहजीकरण महासचिव भिम विनाडी ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *