
कैलालीको जानकी गाउँपालिका अन्तरगत वाढी प्रभावित क्षेत्रमा महिला, कानुन र विकास मञ्चद्धारा राहत वितरण भएको छ।

वाढीपिडित क्षेत्रका अति विपन्न, अपाङ्ग, गर्भवती, एकल, सुत्केरी र लैङ्गीक अल्पसंख्यक गरि १ सय २५ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

जानकी गाउँपालिका पूर्व उपाध्यक्ष उमा महतोंको संयोजकत्व तथा वडा नं. ७ का वडा अध्यक्ष कमल महतो, वडा नं. ४ का वडा अध्यक्ष दिपिन्द्र कठरिया र वडा नं. २ का वडा अध्यक्ष चक्र विष्टको रोहवरमा राहत वितरण गरिएको हो ।

राहतमा कपडा, वाटर प्युरिफिकेशन ट्याव्लेट, डिटरजेन्ट, नुहाउने सावन, औषधि, प्लाष्टिक सिट, लामखुट्टे झुल, जुट बोरा, चामल(जिरा मसिनो), नुन, चिनी, पाउडर मसला, दाल(गेडागुडी, चना, पिठो लिटो, चियापत्ती, खानेतेल, चिउरा रहेको थियो ।

त्यस्तै महिला, कानुन र विकास मञ्चले सोही प्याकेज टिकापुरमा पनि १ सय २५ घर परिवारलाई वितरण गरिएको संयोजक एवं पूर्व गा.पा. उपाध्यक्ष उमा महतोले जानकारी दिनु भयो ।

