
असोज १३,
कैलालीको जोशीपुरमा वाढीपिडितहरुलाई युनिसेफको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस र जोशीपुर गाउँपालिकाको समन्वयमा राहत वितरण भएको छ ।

असोज १ र २ गतेको भिषण बर्षाका कारण आएको वाढीबाट प्रत्येक्ष प्रभावित परिवारलाई राहत वितरण गरिएको हो । राहतमा प्लाष्टिक वाल्टी, मग, झुल, त्रिपाल र हाईजेनिक किट्स रहेको थियो । नेपाल रेडक्रस शाखा जोशीपुरका सभापति जित बहादुर चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा जोशीपुर गाउँपालिका वडा नं. ३ का वाढी प्रभावित १ सय जनालाई राहत वितरण गरिएको थियो ।

युनिसेफले जोशीपुर मात्र नभई भजनी नगरपालिकाको ८ सय वाढिपिडित परिवारलाई राहत वितरण गरेको, टिकापुुरलाई २ सय घर परिवारलाई राहत वितरण गरेको युनिसेफका राज बहादुर रोकायाले बताउनु भयो । विशेष गरि वाढी विडित क्षेत्रका गर्भवती महिला र सुनौलो १ हजार दिनका महिलालाई राहत वितरण गरिएको पनि वहाँले बताउनु भयो ।

विक्रम चौधरीले सहजीकरण गरको कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, जोशीपुर गा.पा. विपत व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।







