
भाद्र १४,
कैलालीको जोशीपुरमा हिन्दुहरुको महान पर्व हरितालिका तीज भव्यताका साथ मनाइएको छ। नव प्रभात महिला जागरण मञ्च जोशीपुर कैलालीको आयोजना तथा जोशीपुर गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरिय तीज कार्यक्रम भव्य कार्यक्रम सम्पन्न भएको हो । मञ्च कि अध्यक्ष कविता कुमारी विष्ट को सभाध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँपालिका भरिका महिलाहरु एकै मञ्चमा आई तीज मनाउदा आपसी मायाप्रेम बढ्ने, महिला महिला विच एकतावद्धाता हुने, संस्कृति संरक्षण प्रवद्र्धन हुने प्रमुख अतिथि रेखा देवि कठरियाको भनाई रहेको थियो ।