
भाद्र १८,
कैलालीको पथरैया सिंचाई प्रणाली जल उपभोक्ता संस्था ठाकुरद्धाराको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर चौधरीको सभाध्यक्षता, भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीको प्रमुख अतिथ्यिता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

मुल समिति पथरैया सिंचाई प्रणाली उपभोक्ता संस्थाको आयोजनामा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
यस जोशीपुर क्षेत्र कृषि क्षेत्र हो । यहाँको उत्पादनले पुरै कैलाली पालिन सक्छ । यस्तो उर्वरा शक्ति भएको खेतमा सिंचाईको व्यवस्था हुदाहुदै पनि उर्वरा जमिनमा घरहरु बन्दै गैरहेकोले यसलाई कसरी रोक्न सक्ने भन्ने विषय तर्प पनि ध्यानाकर्षण हुन आवश्यकता रहेको प्रमुख अतिथि मन्त्रि दिर्घ सोडारीले बताउनु भयो । राष्ट्रिय गौरवको आयोजना मध्य पथरैया सिंचाई प्रणालीको आयोजना पनि एक हो । यसका लागि प्रदेशबाट करिव ६ करोड बजेट छुट्याएको पनि प्रमुख अतिथिले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
पानी पोर्ट नउठ्नु, नहरको छेउछाउमा घर बन्दै जानु, नजिकै नदि रहको नदि कटानको समस्या यस संस्थाको मुख्य समस्या हो । नहर सरसफाई तथा झारी सरसफाई गर्न संस्था सँग जे.सि.वि. नहुँदा समस्या रहेको भन्र्दै पथरैया सिंचाई प्रणाली जल उपभोक्ता संस्साले प्रमुख अतिथिलाई सोडारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रेखा चौधरीले आ.व. २०७८/०७९ अषाढ ७ गते सम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए। उनले यस आ.व.मा १ करोड ३३ लाख ९५ हजार १ सय८२ रुपैया ८३ पैसा बरावरको आयव्यय प्रस्तुत गरको थिए । कार्यक्रमलाई संस्था कि सचिव सविता चौधरीले शहजीकरण गर्नु भएको थियो ।