यूवा सञ्जाल जोशीपुरद्धारा रक्तदान/५० पिन्ट व्लड कलेक्सन

भाद्र ११,
कैलालीको जोशीपुरमा यूवा सञ्जालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यूवा सञ्जाल जोशीपुरको आयोजनामा भएको थारु समुदायको अट्वारी र हरितालिका (तीज) को शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रेडक्रस सोसाईटी टिकापुरको प्राविधिक सहयोगमा रक्तदान भएको थियो ।

रक्तदान कार्यक्रममा ५० पिन्ट व्लड कलेक्सन भएको थियो । सञ्जालका अध्यक्ष सन्तोष वि.क.को सभापतित्व तथा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम भएको थियो ।

सामाजिक सेवा गर्ने संस्था यूवा सञ्जाल र जोशीपुर जेसीजलाई स्थानिय सरकारले हातेमालो गर्नुपर्ने सञ्जालका सल्लाहकार विश्वनाथ प्रसाद चौधरीले बताए । यि सामाजिक संस्थाले समाजका लागि विभिन्न जनचेतनाका कार्यक्रमहरु विगतका वर्ष देखि नै गर्दै आएको सवैमा अवगत नै रहेको तर सरकार सँग सहकार्य र समन्वय हुन नसक्नु विडम्बना रहको पनि वहाँले बताउनु भयो ।

त्यस्तै रेडक्रसलाई जोशीपुर जेसीज र यूवा सञ्जालले प्रत्येक वर्ष ब्लड डोनेट गर्दै आएको तर जेसीज तथा युवा सञ्जालका सदस्यहरुलाई केहि पर्दा रेडक्रसले हाल सम्म सहयोग नगरेको सञ्जालका वरिष्ठ उपाध्यक्ष सविता चौधरीले बताए । यस्ता सहयोगी संस्थालाई रेडक्रसले पनि सहयोग गर्न आवश्यक रहेको पनि उनले बताए ।
रक्तदान जीवन दान हो भन्दै युवा सञ्जालको थारु समुदायको अट्वारी र हरितालिका (तीज) को शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रमलाई सफलताको शुभकामना दिदैं प्रमुख अतिथि रेखा देवी कठरियाले युवाहरुको संस्था जेसीज र सञ्जालसँग सरकारले सहकार्य गरि सामाजिक कार्य गर्नुपर्ने बताए । राष्ट्रका सम्बाहक युवा रहेकोले समाजका विकृति, विसंगति लगायतका विभिन्न सामाजिक समस्या न्यूनिकरणमा सरकारसँग समन्वय र सहकार्य गरि कार्यक्रम गर्न सके बढि प्रभावकारी हुने पनि उनले बताए ।

जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ब्लड कलेक्सन गर्ने प्रविधि नहुँदा यहाँका विरामीहरुलाई ईमर्जेन्सी ब्लड आवश्यकता भएको अवस्थामा टिकापुर जानुपर्ने बाध्यता रहेको र त्यहाँ पनि व्लड सहज रुपमा उपलब्ध नहुने भएकोले विरामीहरुले समस्या भोगि रहेको सभापति सन्तोष वि.क.ले बताउनु भयो । यस विषयमा स्थानिय सरकारको ध्यानाकर्षण हुन आवश्यक रहेको पनि वहाँले बताउनु भयो । कार्यक्रमलाई भरत डंगौाराले शहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *