किसान बहुउद्देश्यीय सहकारीद्वारा वित्तीय साक्षरता तथा तीज मिलन सम्पन्न

जोशीपुर/भाद्र २५,
किसान बहुद्देश्यीय सहकारी संस्था लि. जोशीपुरले सदस्यहरुलाई वित्तिय साक्षरता तथा तीज मिलिन कार्यक्रम भाद्र २२ गते सम्पन्न गरेको छ। भाद्र १ गते देखि सुरु भएको कार्यक्रममा लगातार २२ दिन वित्तिय साक्षरता शिक्षा प्रदान गरेको थियो ।
…समृद्धिका लागि समुदायसँगैÚ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई वित्तीय सेवासँगै सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतामूलक सेवा प्रदान गर्दै आएको शाखाका प्रमुख भरत भण्डारी ले बताउनु भयो ।
सहकारीले वित्तीय युनिट, किसान कोप मार्ट र किसान कोप एग्रोमार्फत सदस्य तथा समुदायलाई विभिन्न सेवा उपलब्ध गराउँदै आएको जनाएको, आर्थिक तथा सामाजिक रूपान्तरणलाई आफ्नो मिशन बनाएको सहकारीले गरिब तथा विपन्न वर्गका परिवारलाई स्वरोजगार बनाउन तालिम तथा आवश्यक परामर्शसमेत प्रदान गर्दै आएको समेत वहाँले बताउनु भयो ।
सहकारीको भिजनअनुसार गरिब किसान तथा साना उद्यमीलाई वित्तीय तथा गैरवित्तीय सेवाको पहुँचमा ल्याई उनीहरूको गुणस्तरीय जीवनयापनमा सहयोग पु¥याउने, उद्यमशीलता तथा व्यवसायिकताको विकास गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाको जोशीपुर सेवा केन्द्रमा २ हजार ८ सय सदस्य रहेका छन्। सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा १ हजार ७ सय ७७ जना सदस्यको सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा तीन घण्टा सहकारी शिक्षा प्रदान गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी जानकारी दिइएको थियो। त्यसपछि एक घण्टा तीज मिलन तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको थियो।

सहकारीले आफ्ना शेयर सदस्यलाई विभिन्न सामाजिक तथा आर्थिक सुविधा उपलब्ध गराउँदै आएको छ। हालसम्म ३ सय ७९ जनालाई सुत्केरी सुविधा, १५ जनालाई छात्रवृत्ति सुविधा, ४७ जनालाई उपचार खर्च सुविधा र १० जनालाई प्राकृतिक प्रकोपसम्बन्धी सुविधा प्रदान गरिएको छ।
त्यस्तै, सदस्यको काजकिरिया खर्चका लागि ५६ जना, सदस्यका श्रीमान्को काजकिरिया सुविधाअन्तर्गत १ सय २३ जना लाभान्वित भएका छन्। सदस्यको मृत्यु भएपछि ३२ जनाको कर्जा मिनाहा गरिएको छ भने सदस्यका श्रीमान्को मृत्यु भएपछि ६९ जनाको कर्जा मिनाहा गरिएको सहकारीले जनाएको छ।

सहकारीले वित्तीय कारोबारलाई मात्र प्राथमिकता नदिई सदस्यको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवद्र्धनमा समेत जोड दिँदै आएको जनाएको छ। समुदायमा आधारित सहकारीको माध्यमबाट आर्थिक रूपमा कमजोर वर्गलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा सेवा तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने सहकारीको लक्ष्य रहेको पनि वहाँले जानकारी दिनु भयो । कार्यक्रम कृष्णा देवी डंगौराको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका ४ नं. वडा अध्यक्ष रामजनम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *