जनप्रकाश मा.वि. मुद्धिले गर्यो रसुवा वाढी पिडितलाई ३३ हजार सहयोग

भाद्र २३,
जोशीपुर गाउँपालिका २ मुद्धिमा अवस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयले रसुवाको बाढि पिडितलाई ३३ हजार ८ सय ९५ रुपैया सहयोग गरेको छ। विद्यालयले स्थानिय नागरिक तथा व्यापारीहरुबाट उठेको १७ हजार ६ सय ८० रुपैया र विद्यार्थीहरुले उठाएको १६ हजार २ सय १५ रुपैयाँ आर्थिक सहयोग गरि जम्मा ३३ हजार ८ सय ९५ रुपैया प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्र.अ. सुरेश थारुले जानकारी दिनुभएको छ। विद्यार्थीहरु स्वस्फुर्त रुपमा आफ्नो खाजाको पैसा बचाएर विपदमा परेकाहरुलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *