
भाद्र १९,
जोशीपुर गाउँपालिका अन्तरगतका अपाङगता भएका व्यक्तिहरुले गाउँपालिकामा सोमबार धर्ना दिएका थिए । गाउँपालिकाले आपाङगता भएका व्यक्तिहरुको लागि कुनै किसिमको निति तथा कार्यक्रम नल्याएको र शाखाले उनिहरुको पहिचान र परिचय पत्र दिने मासिक कार्यक्रम वाहेक अपाङगता पहिचान गरि आवश्यकता अनुसारको सामाग्री वितरण गर्ने योजना नल्याएको भन्दै गाउँपालिकामा धर्ना दिएको र सोहि दिन भाद्र २२, २३ र २४ गते का लागि घोषणा गरेको आन्दोलन स्थगित भएको शिर्जनशिल अपाङगता शसक्तिकरण समाजका संस्थापक अध्यक्ष जगत चौधरीले बताउनु भयो । भाद्र १६ गते मंगलबार जोशीपुर गाउँपालिका र अपाङ्गता भएका व्यक्तिहरुको समूह विच भएको छलफल तथा बार्ता पछि आन्दोलन स्थगित गरिएको वहाँले बताउनु भएको छ।
