भजनीमा बाल अधिकार र समृद्धि सम्बन्धी यार्ड र सञ्चारकर्मी विच अन्तरकृया

सावन २२,
बाल सम्बृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना अन्तरगत यार्ड संस्थाले बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा समृद्धिको मुद्धामा मलवारा डल्फिन मिडिया मञ्चमा आवद्ध सञ्चारहरुसँग भजनीमा छलफल तथा अन्तरकृया गरेको छ।
कार्यक्रममा बालबालिका, अभिभावक र सञ्चारकर्मी विच बाल मैत्री शासनका लागि संस्थाले समुदायमा गर्दै आएको कृयाकलापले समुदायमा पारेको प्रभाव, चुनौती र समस्या समाधानका विकल्पहरु वारे वृहत छलफल गरिएको थियो ।

समुदायमा यार्ड, बालकल्याण संघ र वर्ड भिजन जस्ता संस्थाले बाल मैत्रि शासनका लागि समुदायमा विभिन्न कार्यक्रम गर्दै आएकोले समुदायका व्यक्तिहरुलाई राम्रो सँग थाह भएको अभिभावक पुस्पा चौधरीले बताउनु भयो । संस्थाले बालबालिकाहरुको पोषण युक्त खाना, लागु पदार्थ दुव्र्यसनी, बाल विवाह सम्बन्धी थुप्रै कार्यक्रमहरु गर्दै आएको बताउँदै वहाँले पहिले संस्थाले बालबालिकाहरुको लागि शैक्षिक सामग्री कपि, कलम, झोला दिने गरेको तर अहिले संस्थाले सो सामग्री दिने कार्य बन्द गरेपछि कमजोर स्थितिका बालबालिकाहरु समस्यामा परेको बताउनु भयो ।

त्यसै गरि अभिभावक दुर्गा देवी साउँदले बालबालिकाहरु लागु पदार्थ दुव्र्यसनीमा फसिरहेकोले अभिभावक चिन्तामा परेको बताउनु भयो ।
संस्थाहरुले समुदाय स्तरमा बाल क्लव गठन, लागु पदार्थ दुव्र्यसनी सम्बन्धी अभिमुखिकरण, बालविवाह लगायतका कार्यक्रम सञ्चालन गर्नाले बालबालिकाहरु अभिभावकत्व पाईरहेको तारिका साउँदले बताउनु भयो ।
स्थानिय तहमा बालबालिकाको अधिकारका लागि बालमैत्री ऐन बनाउन सवैको पहल र प्रयास आवश्यक रहेको वरिष्ठ पत्रकार जय बहादुर बुढाले बताउनु भयो । यहाँले भन्नु भयो æयसका लागि संस्थाले अभिभाव, बालबालिका, शिक्षक, जनप्रतिनिधि लगायत सरोकारवालहरुसँग अलग अलग बसेर छलफल चलाउन आवश्यक छ । ५१ वटा सूचक पुरा हुने गरि पालिका स्तरबाट कार्यविधि बनाई पालिकाबाट बालमैत्री स्थानीय शासन सञ्चालन गरिनु पर्छ । तव मात्र बालबालिकाहरु सहि मार्ग निर्देशनमा चल्न सक्छन् ।Æ
समुदायमा थुप्रै समस्याहरु छन् । ति समस्याहरुलाई न्यूनिकरण गर्न अभिभावकले पहिलो भुमिका निर्वाह गर्नु पर्छ । पोषण खाद्य, दिवा खाजा, मोबाईल एडिक जस्ता समस्यालाई अभिभावकहरुले ख्याल गर्नु पर्छ भन्ने भनाई गणेशमान आधारभुत विद्यालय चर्राका प्र.अ. जादोलाल रायले राख्नु भएको थियो ।

समुदायमा लागुपदार्थ दुव्र्यनी, बालबाविवाह र मोबाइल एडिकको समस्या मूख्य समस्याको रुपमा देखा परेकोले यस विषयमा सवै सरोकारवालाहरु गम्भीर हुन आवश्यक रहेको सञ्चारकर्मीहरुको बझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *