कालो झण्डा सहित निजि विद्यालयद्धारा बस ¥याली प्रदर्शन

भाद्र १६,
कैलालीको जोशीपुरमा संस्थागत विद्यालयहरु कालो भण्डा बसमा टाँगेर विरोध ¥याली प्रदर्शन गरेका छन् । उनिहरु विद्यालय शिक्षा विधेयक २०८० को अव्यवहारिक प्रावधान खारेजीको माग गर्दै जोशीपुर १ बडहरिया गाउँ देखि जोशीपुर गाउँपालिका सम्म बस ¥याली प्रदर्शन गरेका छन् ।

निजी विद्यालयहरुलाई क्रमशः गैर नाफामुलक बनाईने छ भन्ने वाक्यांश हटाईनु पर्ने, हाल अभ्यासमा रहेको जग्गा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने, छात्रवृति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने र पूर्ण छात्रवृति भन्ने शब्द हटाईनु पर्ने माग सहित निजि विद्यालयहरु राष्ट्र व्यापी रुपमा विरोध ¥याली प्रदर्शन गरिरहेको पेब्सन कैलाली जिल्ला सदस्य पुष्कर मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *