
माघ २४,
जोशीपुर जेसीज वर्ष २०२५ का तालिम संयोजक सुजित चौधरीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेश्नरी वितरण गर्नु भएको छ। मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसीजको मुल ध्ययलाई आत्मसाथ गर्दै वहाँले श्री जनता माध्यमिक विद्यालय जोशीपुर ५ मैनपोखरीका कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई कपि र कलम वितरण सँगै चक्लेट बाँड्नु भएको थियो । जन्म दिनको अवसरमा होटलहरुमा अनावश्यक खर्च गर्नु भन्दा सामाजिक सेवामा अलिकति भएपनि लगानी गर्नु पर्छ भन्ने बताउँदै आफु पढेको विद्यालयका बालबालिकाहरुसँग जन्म दिन मनाउन पाउँदा हर्षित भएको वहाँको भनाई रहेको थियो ।

जोशीपुर जेसीज वर्ष २०२५ का अध्यक्ष भुमि सागर सुनारले वर्ष २०२५ मा बोर्ड पदाधिकारीहरुको जन्मदिनमा यसै क्षेत्रका विपन्न परिवारलाई थोरै भएपनि सहयोग गर्नु पर्छ भन्ने कुरा सर्कुलर गरे सँगै बोर्डका पदाधिकारीहरुको जन्मदिनमा विपन्न परिवारलाई सहयोग तथा बालबालिकाहरुलाई कापी कलम वितरणको कार्यक्रम चलिरहेको बताउनु भयो । भरखरै नेपाल सरकारले जारी गरेको माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानलाई सफल पार्न सवैको सहयोग आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

जन्मदिनको शुभकामना कार्यक्रममा जोशीपुर जेसीजका पूर्व अध्यक्ष सुधराम दहितले शुभकामना व्यक्त गर्दै जेसीजले समाजमा सकारात्मक प्रभावपार्ने कार्य गर्नुपर्नेमा जोड दिएका थिए भने जनता मा.वि.का प्र.अ. राम बहादुर चौधरीले विद्यालयमा आएर जन्मदिन मनाएकोमा जोशीपुर जेसीजलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसले जेसीज र विद्यालयको सदभाव बढ्नुका साथै विद्यार्थीहरुलाई विद्यालय आउनमा थप उर्जा मिल्ले पनि वहाँले बताउनु भयो ।
