
पुष ७,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ७ वौनियामा रहेको श्री रघुनाथ आदर्श बहुमुखी क्याम्पसको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै क्यामपस प्रमुख नृप बहादुर कुँवरले क्याम्पसलाई एक्यवद्धताको आवश्यकता रहेको बताएका छन् । गरिव, विपन्न, असहाय, सिमान्तकृत वर्ग लगायत यस क्षेत्रका कृषकहरुको छोराछोरी पढ्ने यस विद्यालयको आर्थिक, सामाजिक, भौतिक, शैक्षिक विकासका लागि विभिन्न राजनितिक दल, शिक्षक, अभिभावक, विद्यार्थी लगायत अन्य समाजसेवी वुद्धिजिवीहरुको एक्यवद्धताको आवश्यकता रहेको क्याम्पस प्रमुख कुँवरको भनाई रहेको छ।

“राजनितिक उथलपुथल, कपोकल्पीत व्याख्या विश्लेषणले गर्दा क्याम्पस अत्यन्तै नाजुक अवस्थामा छ । विभिन्न आरोह अवरोहले गुज्री रहेको क्याम्पसलाई राम्रो बनाउनका लागि सवैको एक्यवद्धता आवश्यकता रहेको छ । गैरनाफा मूलक एवं सेवा मूलक संस्थाको रुपमा विभिन्न संघसंस्था, स्थानिय पालिकाको अनुदान तथा छात्रवृत्तिबाट चलिरहेको यो शैक्षिक संस्थालाई सुधार्न सवैको आवश्यकता छ । सके सम्म स्थानिय सरकारले ५० प्रतिशत होईन निशुल्क रुपमा विद्यार्थीलाई पढ्ने बातावरण मिलाईदिनु पर्छ ।” वहाँले भन्नु भयो ।

त्यसै गरि क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष कमला ज्ञवालीले रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गराई रहेका शिक्षकहरु नै हाम्रो सम्पत्ति रहेको बताउनु भयो । क्याम्पसले विभिन्न संघसंस्थाबाट अनुदान पाएकै छ । विश्व विद्यालयबाट प्राप्त छात्रवृत्ति छन् तर पनि क्याम्पसको विषयमा गुनासो तथा टिकाटिप्पणी आईरहका छन् । हामी हाम्रो विद्यार्थी कस्तो उत्पादन भईरहेका छन् । त्यतातिर ध्यान दिन जरुरी रहेको पनि वहाँले बताउनु भयो । भौतिक तथा शैक्षिक स्तर राम्रो भएको क्यामपसको प्रचार प्रसार पनि गर्न जरुरी छ । वहाँले भन्नु भयो ।

त्यसै गरि कार्यक्रमका सभाध्यक्ष एवं क्यामपस व्यवस्थापन समिति अध्यक्ष विर बहादुर हमाले स्थानिय सरकारले निरन्तर आईरहेको अनुदान कटौती गरेकोमा दुःख व्यक्त गर्नु भएको छ । जोशीपुर गाउँपालिकाबाट निरन्तर क्याम्पसलाई आईरहेको अनुदान कटौती गरि क्याम्पसलाई दण्डित गरेको वहाँले बताउनु भयो । नाच नौटंकी गरेर जनतालाई ठगेर सत्तामा आएका नेतृत्वले स्थानिय सरकारमा भ्रष्टचार मात्र गरिरहेको आरोप पनि उनले लगाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर शाहले सवैको बच्चा पढ्ने विद्यालयमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो । “आफुले जति सकिन्छ त्यति सहयोग गर्नु पर्छ । गरिव, विपन्न तथा कृषकहरुको बच्चा उच्च शिक्षा आफ्नै घरआँगनमा पढ्न पाउने बातावरण हामीले सृजना गरिदिनु पर्छ ।” वहाँले भन्नु भयो ।
