
भाद्र १८,
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कैलालीको जानकी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । गा.पा.को आयोजनामा संचालित तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८१ जानकी गाउँपालिका महिला कार्यपालिका सदस्य श्री लक्ष्मी चौधरीको सभाध्यक्षता, गाउँपालिका अध्यक्ष श्री गणेश चौधरीको प्रमुख अतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीज्यूको बिशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

वक्ताहरुले आफ्नो मन्तव्यको क्रममा यस प्रकारको कार्यक्रमले नेपाली संस्कृती जगेर्णा गर्नुको साथ साथै यसले पालिकामा बसोबास गर्ने विभिन्न समुदाय बिचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको बताए । साथै कार्यक्रममा बोल्दै वक्ताहरुले पछिल्लो समय पवित्र पर्व तिजको नाममा भड्किलो गित, संगित, पोषाक र नृत्य गर्ने परिपाटीको अन्त्य हुनु पर्ने समेत उनिहरुले बताएका छन् ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्तगर्दै गा.पा. अध्यक्ष गणेश चौधरीले पुरुषले महिलालाई हरेक कार्यमा सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा मौलिक तिज गितमा कार्यालयका महिला कर्मचारीहरुले ३ वटा समूह बनाई नृत्य गरेका थिए ।स्वागत कमला पराजुलीको स्वागत मन्तव्य सँगै सुरुभएको कार्यक्रमलाई महिला विकास शाखा प्रमुख यमुना बिष्टले शहजीकरण गर्नु भएको थियो ।