किसान बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्र प्रमुख गोष्ठीमा उत्कृष्ट केन्द्र सम्मानित

चैत्र ४,
कैलालीको जोशीपुर गाउँपालिका–४ स्थित थारु फुडल्याण्डमा किसान बहुउद्देश्यीय सहकारी संस्था जोशीपुर शाखाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । संस्थाका संचालन समिति सदस्य शिव बहादुर स्वाँरको सभाध्यक्षता तथा जोशीपुर गा.पा.उपाध्यक्ष रेखा देवी कठरियाको प्रमुख आतिथ्यता सहित संस्थाका शेयर सदस्य, कर्मचारी, शुभचिन्तकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । गोष्ठी कार्यक्रममा उकृष्ट केन्द्रको रुपमा केन्द्र नं. २०२ को मेरी गोल्ड किसान महिला विकास केन्द्र जोशीपुर २ बरगदही, केन्द्र नं. ४०३ को रातो गुलाव किसान महिला विकास केन्द्र भजनी न.पा. ८ जनकपुर र केन्द्र नं. ८०० को बेलपुर विसान महिला विकास केन्द्र जानकी गा.पा. ४ वेलपुर सम्मानित भएको छ । त्यसै गरि उत्कृष्ट सदस्यको रुपमा सुनिता चौधरी, जानकी देवी चौधरी, रेणु देवी चौधरी, शोभा भण्डारी र रामपति देवी चौधरी सम्मानित भएका छन् भने उत्कृष्ट केन्द्र प्रमुखको रुपमा लक्ष्मी कुमारी चौधरी, जानकी जोशी र मिरा कुमारी चौधरी सम्मानित भएका छन् । केन्द्रमा अबद्ध भएका स्थानिय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समेत संस्थाले बधाई तथा सम्मान गरेको छ ।

जन्म देखि मरणोपरान्त सम्म किसान कोष सदस्य सुरक्षण सुविधा अन्तरगत सोनी डंगौरालाई एक लाख ३८ हजार र अनिता देवी चौधरीलाई ८७ हजारा श्रीमान् मृत्यु लाभ सुविधा पनि संस्थाले वितरण गरेको छ । त्यसै गरि किसान शिक्षा पदक अन्तरगत जोशीपुर ५ राजगौरी निवासी धर्मा देवी मल्लको छोरा योगेश मल्ल एस.ई.ई.मा ३.३० जि.पि.ए. ल्याएकोमा छात्रवृति स्वरुप नगद ५ हजार तथा मेडल र भजनी–८ छछरहुवा निवासी सिता देवी चौधरीकी छोरी जुनु थारु एस.ई.ई.मा ३.५० जि.पि.ए. ल्याएकोमा छात्रवृति स्वरुप नगद ५ हजार तथा मेडल संस्थाले वितरण गरेको छ ।

बासु रावतको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य दिदै शेयर सदस्य रेणु कुमारी चौधरीले पहिले २÷४ कठ्ठामा तरकारी खेति गर्न गाह्र्रो भएको र अहिले यस संस्थाले दिएको ऋणबाट १५ कट्ठामा तरकारी खेति गर्नमा सहज भएको बताईन् । त्यसै विपन्न वर्ग, पिछडा वर्ग, महिलाहरुलाई सहज रुपले ऋण उपलब्ध गरि महिलालाई स्वरोजगार तथा महिला उद्यमी बनाउनमा यस किसान बहुउद्देश्यीय सहकारी संस्थाले अहम भूमिका खेलेको टिकापुर घटनाका विडित एमुना चौधरीले बताईन् । उनले महिलाहरुलाई निःशुल्क रुपमा कृषि विकास तालिमको माग गरेकि छिन् । “ऋणी महिला कुन रुपमा, कसरी कमजोर भईन् त्यस विषयमा गहन अध्ययन अनुसन्धान गरि निकास ल्याउनु पर्छ । जवजर्सती व्याज अशुल्न तिर लाग्नु हुदैन । किनकी उपनि यस संस्थाको शेयर सदस्य हो । उसको पनि संस्थामा लगानी छ ।” उनले भनिन् ।

त्यसै गरि किसान बहुउद्देश्यीय सहकारी संस्था लि. जोशीपुर शाखा प्रबन्धक भोजराज भट्टराईले संस्था संचालनमा शेयर सदस्यको महत्वपूर्ण भुमिका हुन्छ । शेयर सदस्य र संस्था परिपुरक रहेको बताउनु भयो । अवका दिनमा संस्थालाई डिजिटलाईजेशन गरेर लैजाने पनि वहाँले बताउनु भयो ।

यस क्षेत्रका महिलाहरु स्वरोजगार बनेका छन् । स्थानिय कृषि उपज वाहिर पठाईदैछ । दैनिक जिवन जिउन सहज बन्दै गएको छ । यसको एक मात्र विकल्पहो यो संस्था भन्ने पत्रकार धर्मेन्द्र विष्टको भनाई रहेको छ । जोशीपुरका सवै भन्दा पुरानो सहकारीको रुपमा रहेको यस किसान बहुद्देश्यीय सहकारीले यस क्षेत्रको महिला दिदि वहिनीहरुलाई स्वरोजगार बनाउनमा ठुलो भूमिका खेलेको पनि उनले बताए ।

यस संस्थाले हरेक विपत्तीमा सहकार्य गरेको छ । कोरोनाको समयमा अक्सिजन सिलिण्डर वितरण गरेको थियो । हरेकलाई बचत गर्न सिकाएकोछ । सहि ठाउँमा खर्च गर्न सिकाएको छ । यो संस्थालाई सवै सेयर सदस्यहरुले सच्चा साथीको रुपमा मूल्याङ्कन गर्न आवश्यक छ भन्ने भनाई संस्थाका लेखा सुपरिवेक्षक समिति संयोजक नृप बहादुर कुँवरको रहेको थियो ।

त्यसै गरि प्रमुख अतिथि गा.पा. उपाध्यक्ष रेखादेवी कठरियाले विभिन्न सामाजिक सञ्जालमा भईरहेको साँवा व्याज नतिर्ने हल्लाको पछि नलाग्न सवैलाई आग्रह गर्नु भएको छ। ऋण लिए पछि तिर्नै पर्छ बरु व्यजदर सहुलियतका लागि संस्थाको बन्दसत्रमा छलफलको प्रस्ताव लैजान आवश्यक रहेको बताउनु भयो । ऋणलाई सहि ठाउँमा सदुपयोग गर्न सके मात्र कल्याण हुने समेत कठरियाले बताए ।

त्यस्तै वडा नं. ४ का अध्यक्ष एवं गा.पा. प्रबक्ता रामजनम चौधरी र वडा नं. ३ का अध्यक्ष रेणु कुमारी डंगौराले घाँटी हेरी हाड निल्नु पर्ने बताए । आवश्यकता अनुसारले मात्र ऋण लिई सहि ठाउँमा सदुपयोग गरि आफ्नो जिवनस्तर माथि उकास्न तर्फ सवैको ध्यानाकर्षण समेत द्धयले गराए । कार्यक्रमलाई दुर्गा प्रसाद उपाध्यायले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *