वर्षायाम सुरु भए सँगै नदीमा देखिने थाले डल्फिन

असार २
धमेन्द्र बिष्ट /जोशीपुर
वर्षायाम सुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन्। कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा, गैरिनालामा डल्फिन देखिन गरेका छन् । वर्षेनी वर्षातको समयमा नदिमा पानीको सतह बढ्दै गएपछि डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल का महासचिब जय प्रसाद ढुंगाना बताउँछन् । ढुंगानाले यो वर्ष वर्षातको समयमा दुई वटा भाले पोथी तथा दुई वटा बच्चाहरु गरि चार वटा डल्फिन देखिएको बताए ।
गंगेटिका प्रजातिको (gangetic species) डल्फिन स्वच्छ पानी मा बस्ने तथा प्रयाप्त मात्रामा आहार, प्रजनन् गराउन सुरक्षित बासस्थान खोजीमा डल्फिन आउने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताए । डल्फिन अवलोकनका लागि टिकापुर ७ मा दुई वटा भ्युटावर , भजनी ३अमा एक वटा भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएको बताए । अध्यक्ष ढुंगानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणधिन रहेको बताए । डल्फिन अवलोकनका लागि दुई वटा ढुंगा समेत रहेको छ । अध्यक्ष ढुंगानाका अनुसार जथाभावी नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठुला ड्याम संरचना निर्माण ले संरक्षणमा चुनौति थपिएको बताए । यसको सही तरिकाले ब्यबस्थापनका लागि तिनै तहका सरकारले गुरुयोजना बनाउन आवश्यक रहेको बताए । स्थानीय संरक्षणकर्मी का प्रोत्साहनका निम्ति जनचेतनामुलक कार्यक्रम, जिविकोपार्जन कार्यक्रम, रोजगारी, छात्रवृत्ति वितरण जस्ता विभिन्न किसिमका कार्यक्रम स्थानीय समुदायलाई हौसला प्रदान गनुपर्ने अध्यक्ष ढुंगाना बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *