आँप वेचेर मनग्य आम्दानी लिईदै शंकर सामुदायिक वन

जेठ ३०, जोशीपुर
कैलालीको जोशीपुर–३ मा रहेका शंकर सामुदायिक वन उपभोक्ता समूहले खाली तथा बाँझो ठाउँमा करिव १४ सय बोटा आँपका विरुवा हुर्काएर हाल आँप वेचेर मनग्य आम्दानी लिईरहेको छ । सामुदायिक वनले करिव १२ विगहा क्षेत्रफलमा आँप रोपेको थियो । हाल सम्म करिव ५० क्वीन्टल भन्दा वढि अाँप विक्रि वितरण भईसकेको उक्त सामुदायक वनका अध्यक्ष दान सिंह डंगौराले बताए । अाँप थोक मुल्य रु. ३५ प्रति किलोका दरले टिकापुरका व्यापारीले मिनि ट्रकमा खरिद गरि लगिरहेका छन् । स्थानिय समाजसेवी भिख्खे डंगौराका अनुसार सुरुवातमा आफुहरुलाई कसैले सहयोग नगरेको पछि अाँप बढेर आम्दानी दिन थाले पछि स्थानिय वासीले अक्सीजन तथा बैकल्पीक सामुदायिक वनको आम्दानीको स्रोत बनेको बताए । ३ नं. वडा सदस्य कालिराम चौधरीले अरु सामुदायक वनहरुले खाली तथा बाँझो जमिनमा अन्य फलफुल विरुवा रोपेर वनको आमदानीको स्रोत बढाउन सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *