गाउँ जोगाउन जैविक तटबन्ध

–जोशीपुर अनलाइन
शनिवार, २९ जेठ
कैलाली, २९ जेठ । रानीजमरा कुलरिया सिँचाइ आयोजना समयमै निर्माण नहुँदा कैलालीको टीकापुरका नौ गाउँ बाढीको जोखिममा परेका छन्। बाढीको कटानबाट गाउँ जोगाउन स्थानीय बासिन्दा जैविक तटबन्ध निर्माणमा जुटेका छन्।
कर्णालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाई आयोजनाको नहरमा पानीको बहाव बढेको छ। स्थानीइ लौटन चौधरीका अनुसार रानी जममरा कुलाको शाखा नहर ज्ञानी कुलोमा पानीको बहाव बढेको हो।
यसले टीकापुर नगरपालिका– १ का नौ वटा गाउँमा कटान हुन थालेको चौधरीले बताए। “कुलोमा पानी बढेको छ। तटबन्ध निर्माण नहुँदा बनगाउँ, घिया, पुच्री, भगवानपुर, भर्थापुर, बाघमारा, बेलुवाबोझी र अम्बासा गाउँ जोखिममा छन्,” उनले भने।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाले पनि कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माण गरिरहेको छ। तर, निर्माण कम्पनीले ढिलाई गर्दा काम हुनसकेको छैन। जसले गर्दा यी गाउँ जोखिममा परेको उनले बताए।
गाउँ जोखिममा परेपछि स्थानीय बासिन्दा जैविक तटबन्ध निर्माण गर्न थालेका छन्। गाउँ जोगाउन स्थानीय स्तरमा पाइने सरसामान प्रयोग गरेर तटबन्ध निर्माण गरिरहेको उनले बताए। “५० वटा जाली आवश्यक थियो, सिँचाइ परियोजनाले चार मात्रै दिएको छ। त्यसैले गाउँमै आर्थिक संकलन गरेर काम गरिरहेका छौं,” उनले भने।
जैविक तटबन्ध निर्माणका लागि १३ लाख संकलन भएको छ। यससँगै स्थानीय बासिन्दा श्रमदानमा जुटेका छन्।
यससँगै सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुल पनि कटानले गर्दा जोखिममा परेको छ। पुलको बर्दियातर्फ छेउमा कटान भइरहेको स्थानीइ शेरबहादुर साउँदले बताए। कैलारी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *