कैलारी गाउँपालिका तेक्वान्दो विकास समिति गठन

कैलाली, १० चैत । कैलालीकोे कैलारी गाउँपालिकामा ‘कैलारी गाउँपालिका तेक्वान्दो विकास समिति’ गठन भएको छ ।
सन्तराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय समितिको उपाध्यक्षमा सुनिल चौधरी र नबिन बोहरा, सचिवमा सन्तराम चौधरी, कोषाध्यक्षमा मञ्जु चौधरी रहेका छन् । सदस्यमा क्रमशः राम नरेश चौधरी, कलेश चौधरी, बिनय चौधरी, सिजय चौधरी, दिर्घ ठकुल्ला र हीरालाल चौधरी रहेका छन् ।
सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका कार्यबाहक अध्यक्ष सरोज चौधरी अध्यक्षता तथा कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरी प्रमुख आतिथ्यतामा उक्त समिति गठन भएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका सचिव श्रीराम चौधरी, प्रदेश कार्यसमितिका सदस्य, सुदुरपश्चिम प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक गोविन्द विष्ट, धनगढी उप–महानगरपालिका तेक्वान्दो विकास समितिका सचिव योगेन्द्र खोलाउला लगायत कैलारी गाउपालिकाका खेलाडी, समाजसेवी तथा बुद्धिजिविहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *