जोशीपुरमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

सावन २,
कैलालीको जोशीपुरमा नयाँ आर्थिक वर्षको सुरुवात सँगै जनतासँग जनप्रतिनिधि कार्यक्रम सरु भएको छ। नयाँ निर्वाचित जनप्रतिनिधिहरुले जनताको आशा, अपेक्षा, गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । यस कार्यक्रममा जनताहरु प्रत्येक्ष जनप्रतिनिधिहरुसँग आफ्नो आशा, अपेक्षा र गुनासो राख्न पाउँदा हर्षित भएको राजीपुर गाउँभलमन्सा महाराज कठरिया, बजरंगवाली सा.व.उ.स.का अध्यक्ष अशोक कठरिया, समाजसेवी वुद्धिजिवी हरिसिंह साउदले बताए।

जनताको समस्यालाई पहिलो प्राथमिकता दिई कार्य गने जनप्रनिधिहरुको भनाई छ। सावन १ गते आईतवार देखि सुरुवात भएको जनतासँग जनप्रतिनिधि कार्यक्रम पालिकाको सेवाग्राहीहरुलाई मर्का नपर्ने गरि प्रत्येक दिन विहान ७ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे पश्चात गाउँ–गाउँमा गई जनप्रतिनिधि, गाउँका भलमन्सा, समाजेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, महिला लगायतको उपस्थितिमा प्रत्येक वडाको गाउँगाउँ/टोलटोल गई गर्ने भन्ने जनप्रतिनिधिहरुको भनाई छ।

जोशीपुर १ नं. वडा राजीपुर गाउँभेलामा बोल्दै अध्यक्षले राजीपुर, बरगढी, फाँडिया, भितरिया, लक्कडका जनताले प्रत्येक वर्ष भोग्दै आएको वाढीपिडितको समस्यालाई समाधान गर्न संघको २ करोड र जोशीपुर गाउँपालिकाको सम्पुरक वजेट २ करोड गरि जम्मा ४ करोडमा तट्बन्धको कार्य सुरु गर्ने बताउनु भयो । राजीपुरका जनताबाट आएको जग्गाको लालपुर्जा सम्बन्धि जिज्ञासा पुरा गर्दै वहाँले यहाँका जनतालाई भदौं पश्चात जग्गा लालपुर्जा वितरण गर्ने पनि वहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *