मंसिर १९,
कैलालीको भजनी नगरपालिकामा १८ औ महिला स्वास्थ्य स्वयम् सेबिका दिबस भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा अबकास पाएका महिला स्वास्थ्य स्वयंम् सेविका केतु थापा र रामरति लोनियालाई जनही पचास–पचास हजारका दरले नगद रुपैया दिई दोसल्ला ओढाएर प्रशंसा पत्र सहित सम्मान गरि विदाई गरिएको छ । ९८ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि स्वास्थ्य शाखाले दोसल्ला र सम्मान पत्रले सम्मान गरको छ । त्यस्तै बाल कल्याण संघ भजनीमा आवद्ध ४५ जना स्वयम् सेवकहरुलाई पनि शाखाले प्रशंसा पत्रले सम्मान गरेको छ । भजनी नगरपालिका उप–प्रमुख छायाँ देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा भजनी नगर प्रमुख शेर बहादुर चौधरी प्रमुख अतिथि रहनु भएको थियो । स्वास्थ्य शाखा उप–प्रमुख लक्ष्मी चौधरीले सहजीकरण गरेको कार्यत्रमका विशिष्ट अतिथि भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी रहनु भएको थियो ।
राम्रो कार्य गर्नलाई सम्मान दिन आवश्यक रहेको प्रमख अतिथि चौधरीले बताउनु भयो । त्यस्तै सभापति देवकोटाले स्वास्थ्य शाखा भजनीले आफ्नो प्रशासनिक कार्यमा तिब्रता ल्याएको बताउदै सम्मान गर्ने संस्कारको विकाश गर्न जरुरी रहेको पनि बताउनु भयो । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरे झैं अहोरात्र खटिने स्वास्थ्य कर्मिहरुलाई पनि सम्मानको व्यवस्था नगरपालिकाले मिलाउन जरुरी रहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनु भयो । कार्यक्रम व्यानर र प्ले कार्ड लिई भजनी नगरपालिका परिक्रमा गरि भव्य रुपमा मनाइएको थियो ।


