जोशीपुरमा मानव बेचबिखन तथा आोसारपसार विरुद्ध को १५ औ राष्ट्रिय दिवस मनाईयो

जोशीपुर, २० भदौ
“मानव वेचविखन मुक्त समाज, हाम्रो प्रतिवद्धता, सवैको प्रयास र एक्यबद्धता”, “अरुको प्रलोभनमा नपरौं, सिपसिकी दक्ष भई बैदेशिक रोजगारमा जाउँ” र “बैदेशिक रोजगारलाई सुरक्षित पारौं” जस्ता नारा सहित जोशीपुरमा कार्यक्रम सम्पन्न भएको छ । जोशीपुर गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
कैलालीको जोशीपुर गाउँपालिका मा मानव बेचबिखन तथा आोसार पसार विरुद्ध को १५औ राष्ट्रिय दिवसमा सभापति जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी ले मानव बेचबिखन नियन्त्रण को लागि मानव जाति नै सभ्य हुनुपर्ने र सबै जना सचेत हुन आवश्यक रहेको बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता कठरिया ले सबै मिलेर मानव बेचबिखन लाई समाजबाट मुक्त गर्न आवश्यक रहेको बताइन्। कार्यक्रममा जोशीपुर बजार अध्यक्ष विश्व नाथ चौधरी, विषय गत शाखा प्रमुख, इलाका प्रहरी कार्यालय जोशीपुरका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *