भाद्र २०,
जोशीपुर गाउँपालिका वडा नं. १ मा राष्ट्रिय परिचय पत्रका लागि फर्म भर्ने र फोटो खिच्ने कार्य सुरु भएको छ । हाल १ नं. वडामा मात्र परिचय पत्रको कार्य हुने केहि दिन पश्चात गाउँपालिका भरिको १६ वर्ष नाघेका नेपाली नागरिकको राष्ट्रिय परिचय पत्रका लागि फर्म भर्ने तथा फोटो खिच्ने कार्य हुने गिता खडकाले बताउनु भयो । गिता खडका, सर्मिला खत्री, रेखा जोशी, सरस्वती कार्की ले वडा नं. १ का कार्यरत हुनुहुन्छ ।
यसमा हरेक नेपालीको जैवीक र व्यक्तिगत विवरण सुरक्षित रुपमा संचित गर्नका लागि नेपाल सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्न लागेको हो । परिचय पत्रको जैविक विवरणमा व्यक्तीको १० वटै औलाको छाप र तस्वीर हुने छ । त्यसै गरि व्यक्तिगत विवरणमा नाम, थर, लिंग, उमेर, जन्म मिति, स्थायी ठेगाना, बुवा र आमाको नामथर, पति पत्नीको नामथर र परिचय पत्र नंबर लगायतका विवरणहरु राखिएको हुन्छ । राष्ट्रिय परिचय पत्रमा राजधानी विभाग, मालपोत, यातायात व्यवस्था, पञ्जिकरण कार्यालय, स्थानिय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमति पत्र, लोगसेवा आयोग, प्यान नंबर लगायतको विवरण राखिएको हुने छ ।


